अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

गुरुकुल एकाडेमी तुलसीपुरको प्रथम वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

तुलसीपुर  १७ माघ । गुरुकुल एकेडेमी तुलसीपुरले प्रथम वार्षिक उत्सव तथा अभिभावक भेला एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ। कार्यक्रममा पुर्व राष्ट्रिय सभा सदस्य  कोमल वली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । उत्सवमा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, गीत, नृत्य र नाटक प्रस्तुत गरेर आफ्नो कला र क्षमता देखाएका थिए। यस अवसरमा कोमल वलीले विधार्थीहरुलाई होसला प्रदान गर्दै शिक्षा र संस्कृति बीचको समन्वयको महत्वलाई जोड दिनुभएको थियो। आजको युगमा शिक्षा मात्र महत्वपूर्ण छैन, संस्कृतिका संरक्षण र संवर्धनमा पनि हाम्रो कर्तव्य महत्त्वपूर्ण छ, उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकि वलीले गुरुकुल एकेडेमी तुलसीपुरमा पहिलो  पटक आज अवलोकन गर्ने मौका पाएको र सहि अवसरमा विद्यार्थीको प्रस्तुति हेर्दा अभिभावकहरुले पनि हौसला प्रदान गर्नुपर्ने बताउनुभएको थियो । साथै उँहाले आफ्ना बालबालीकाहरुलाई अनावश्यक रुपमा पढाको चाप दिन नहुने बताउनुभएको थियो । विद्यार्थी जुन क्षमता छ त्यसैमा अभिबृद्धि गर्दै लैजानुपर्ने बताउनुभएको थियो । गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले गुरुकुल एकेडेमीले जुन लक्ष राखेर विद्यालय संचालनमा ल्याएको छ त्यो लक्ष्य कटिबद्ध भएर पुरा गर्ने बताउनुभयो । साथै जुन विश्वासका साथ अभिभावकले आफ्ना बालबालीकाहरु विद्यालयमा पठाउनुभएको छ त्यो विश्वासलाई मध्यनजर राख्दै पुर्ण मानव बनाउने र शिक्षा संगै संस्कार र संस्कृतिमा पनि विद्यार्थीलाई अब्बल बनाउने बताउनुभयो । यस्तै कार्यक्रमका विशिष्ट अतिथी  नेशनल प्याबसन दाङका  अध्यक्ष भोजराज न्यौपानेले  विधालयले विधार्थीको  आवश्यकता अनुसारको पढाई  सञ्चालन गरेको बताउनु भयो । उहाले विद्यालयले छोटो समयमै शिक्षाका क्षेत्रमा राम्रो प्रगति गरेको बताउनु भयो । यस्तै कार्यक्रममा विद्यार्थी सहित गुरुकुल एकेडेमी घोराहीको प्रधानाध्यापक डा . कृष्णराज डिसि ,जेष्ठ नागरीक समुह दाङका सदस्य ललीत बहादुर वली लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विधालय  संयोजक चिन्तना धितालले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षकहरु बासुदेब योगि ,श्रृजना बोहोरा र विधार्थीहरु मार्शल वली सिमरण सुनारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *