अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया

दाङ तुलसीपुर स्थित डिभाईन टेम्पल एकेडेमीमा स्थानीय पाठ्यक्रममा आधारित विषयवस्तुको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहीबार कक्षा ६, ७ र ८ का विद्यार्थीहरूसँग विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले अन्तरक्रिया गरेका हुन् ।

कार्यक्रममा एकेडेमीका संस्थापक प्रिन्सिपल भोजराज न्यौपानेले विद्यार्थीले स्थानीय पाठ्यपुस्तकमा पढेको कुराहरूलाई व्यवहारिक रुपमा पनि सिकाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो । स्थानीय पाठ्यपुस्तक हाम्रो तुलसीपुरमा उल्लेखित सामाजिक संघसंस्था र यसका कार्य विषयमा विद्यार्थीहरुलाई प्रष्ट पारिएको हो ।

सामाजिक संघ संस्था र यसले गर्ने कार्यका बारेमा सम्बन्धित संस्थाका प्रमुख वा प्रतिनिधिलाई सहभागी गराई अन्तरक्रिया गरिएको हो । यसो गर्दा विद्यार्थीहरूलाई व्यवहारिक रूपमा पनि सिकाईस्तर वृद्धि गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका नवनिर्वाचित अध्यक्ष शन्दिप भुसालले जेसिजको परिचय यसले गर्ने सामाजिक कार्यको बारेमा प्रकाश पार्नुभएको थियो । त्यसैगरी कार्यक्रममा लायन्स क्लबका उपाध्यक्ष पूर्णबहादुर भण्डारीले लायन्स क्लब र यसको भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एकेडेमीका भाइस प्रिन्सिपल महेश लामिछानेले गर्नुभएको थियो ।

साथै कार्यक्रममा विभिन्न संघसंस्थामा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान एवं बधाई ज्ञापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *