
तुलसीपुर, ८ माघ
तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ को आज माघ ८ गते एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष थलराज पुरीको सभाध्यक्षतामा औपचारिक कार्यक्रम आयोजना गरि वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो ।

वडाले खेलकुद तर्फ विनियोजन गरेको बजेटबाट उक्त प्रतियोगिता आयोजना गरिएको र समग्र वडाको खेलकुद क्षेत्रमा विकास गर्न आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम आयोजना गरिने वडाअध्यक्ष पुरीले बताउनु भयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को आयोजना र युवा सञ्जाल तुलसीपुर १७ को सहजिकरणमा यहि माघ ८ गते देखि १० गतेसम्म हुने वडा अध्यक्ष कप खेलकुद प्रतियोगितामा फुटबल, घैँटोफोर र कुर्सीदौड प्रतियोगिता सन्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा फुटबल तर्फ वडाका खुल्ला ८ टिमले प्रतिस्पर्धा गर्दैछन जसमा बिजेता टिमले पुरस्कार स्वरुप नगद रु.४०,००० मेडल, प्रमाणपत्र र कप प्राप्त गर्नेछ यस्तै उपबिजेता टिमले पुरस्कार स्वरुप नगद रु.२०,००० मेडल, प्रमाणपत्र र कप प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी १ जना, उत्कृष्ट गोल रक्षक १ जना र उत्कृष्ट रक्षक ले जनही रु.१,००० र अवार्ड प्राप्त गर्नेछन । नक आउट चरणमा खेलाइने खेल तुलसीपुर १७ स्थित जिनुवागाउँ खेदमैदान खेलिदैँ छन । यस्तै घैँटोफोर तर्फ बिजेताले नगद रु.२,००० र कुर्सीदौड प्रतियोगितामा बिजेताले पनि नगद रु.२,००० पुरस्कार स्वरुप प्राप्त गर्नेछन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १७ को वडा सदस्य गिता राना को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ओद बहादुर भण्डारी (गणेश) ले गर्नुभएको थियो ।
