अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित )

काठमाडौं– ऋषिराज आचार्य निर्देशित बहु प्रतिक्षित फिल्म ‘द्रौपदी’ को टीजर सार्वजनिक भएको छ । सोमवार साँझ सार्वजनिक १ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा आधारित यो फिल्मले एक अर्गानिक अनि गम्भीर विषय उठाएको संकेत गरेको छ ।

डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यो फिल्ममा हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरुमा छायांकन गरिएको निर्देशक आचार्यको भनाइ छ । फिल्म आगामी चैत ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ।

‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भैरहेको बुझिएको छ । यसको स्क्रिप्ट नै करिब चार वर्ष लगाएर लेखिएको बताइन्छ । निर्देशक आचार्यका अनुसार फिल्मलाई अर्गानिक र उत्कृष्ट बनाउनका लागि कुनै कम्परमाइज नगरिएको दाबी रहेको छ।

यो फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय रहेको छ ।

यो फिल्ममा कथा, पटकथा, सम्बाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । फिल्मको गीतमा रबि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुबास ठडराई यो फिल्मका सह–निर्माता हुन् । आरबि मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।

स्मरण रहोस् निदेशक आचार्य चलचित्र उद्योगका पढे लेखेका एवं फिल्म क्षेत्रमा विगत दुई दशकभन्दा बढी सयमदेखि सक्रिय रहेका निर्देशकका रुपमा चिनिनुहुन्छ। आचार्यले सुन्तलीलाई भगाई लग्यो झिल्केले,ड्रीमगर्ल ,मिस्टेक,चुरिफुरी लगाएतका सफल फिल्महरुको निर्देशन गरिसक्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *