अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट

तुल बहादुर कवँर मगर / भालुबाङ, ६ माघ

राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाजको निर्माण सम्भव हुने बताउनुभएको छ। आइतबार गाउँपालिकाको वडा नम्बर ४, जनकपुर मौरीघाटमा पितृ तथा गौ संरक्षण सेवाका लागि सञ्चालित “श्रीमद् भागवत सप्ताह भक्ती ज्ञान सागर महायज्ञ २०८१” को उद्घाटन समारोहमा बोल्दै उहाँले समाजमा दुवै पक्षको समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष विष्टले भन्नुभयो, “भौतिक विकासले समाजलाई उन्नत बनाउँछ भने आध्यात्मिक चेतनाले मानिसको आन्तरिक शुद्धता र नैतिकतामा सुधार ल्याउँछ। यी दुवै पक्षलाई एकसाथ अघि बढाउन सकेमा मात्र सभ्य र समृद्ध समाजको निर्माण हुन सक्छ।”

जंगालु चाैधरी एवं श्रीमती रामपति चौधरी त्यसैगरी छोरा बुहारी विष्णुप्रसाद चौधरी र कुसमानी चाैधरी एवं समस्त चाैधरी परिवारकाे आयोजनामा सञ्चालित भक्ती ज्ञान सागर महायज्ञ उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी,प्रमुख कथा वाचक सन्त श्री कृष्णराणदास महाराज,ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग तथा प्रशिक्षण सेवा शाखा राप्ती-१ पारवापानीका प्रमुख यमुना दिदी,प्रवक्ता माधव तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आयोजकका विष्णुप्रसाद चौधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यता एवं प्रमुख कथा वाचक सन्त श्री कृष्णराणदास महाराजकाे विशिष्ट आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चाैधरी,इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझी,जनकपुर टाेल विकास संस्थाका अध्यक्ष चित्रम चाैधरी,कथा उपवाचक महेश गौतम,सञ्चारकर्मीहरु लगायत भक्तजन तथा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।

कार्यक्रमकाे सहजीकरण पत्रकार ओम प्रकाश गुप्ताले गर्नु भएको थियो । कार्यक्रम शुरु हुनु पूर्व भक्तजनहरु द्वारा कलश यात्रा समेत निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *