अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु

तुल बहादुर कवँर मगर / मसुरीया, ६ माघ 

दाङ – देउखुरीकाे राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन आइतबारदेखि पालिकाको सभाहलमा मसुरीयामा शुरु भएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन शुरु भएको हाे।

अधिवेशनकाे पहिलो बैठकले आर्थिक विकास समितिका संयाेजक गेमे खड्काले प्रस्तुत गर्नुभएको “गाउँपालिकाको आर्थिक ऐन २०८१” को संशोधित प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको पालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभएको छ।

त्यस्तै सभाको शून्य समयमा गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी,गाउँसभा सदस्य वीर बहादुर चाैधरी,दिपक कुमार चाैधरी,भुपलाल थापा मगर र बलिराम चाैधरीले जनजीविकाका विविध विषयमा आफ्ना धारणा तथा जिज्ञासाहरु राख्नु भएको थियो ।

अधिवेशनको दाेस्राे बैठक पुनः माघ २२ गते बस्ने गरि स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव नेब बहादुर ओलीले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *