अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट

दाङ, ४ माघ । दाङको तुलसीपुरमा एक बालिकामाथि अपहरण गरि कुटपिट गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ निवासी १७ बर्षीया रश्मी खत्रीलाई अपहरण गरि कुटपिट गरिएको हो ।

विहीबार ५/६ जनाको समूहले कुटपिट गरेको खत्रीले बताईन् । उनका अनुसार तुलसीपुर ७ प्रसेनी निवासी सानु नाम गरेकी केटीले खत्रीलाई बजार आउन भनिन् । सानुसंग पहिले पनि चिनजान थियो । उनले बोलाएपछि दिउसो २ बजेतिर तुलसीपुरको ‘ग’ लाइनमा आइन र, सानुसंग भेटघाट भयो ।

सानुसंगै अन्य तीनजना केटीहरु पनि थिए । उनीहरु पनि पहिले देखि फेसबुकबाट चिनजानेकै साथीहरु थिए । ति साथीहरु थिए– तुलसीपुर १८ विजौरीकी रितु मगर, सोही ठाउँकी सुमी क्षेत्री र तुलसीपुर ५ बसपार्क निवासी दिपा मगर । ति सबैले खत्रीमाथि एक्कासी कुटपिट गरे ।

त्यहाँ कुटपिट पछि उनीहरुले अटो रिक्सामा राखेर बसपार्क स्थित दिपाको घरमा लगे र, त्यहाँ पनि कुटपिट गरे । त्यसपछि विजौरी स्थित रितु र सुमीको घरमा लगेर मरनासन्न हुने गरि कुटपिट गरे । स्तन र गुप्तांगमा पनि चोट लाग्ने गरि कुटपिट गरे खत्री भन्छिन् “मारिदिन्छु भन्दै धम्की पनि दिए ।” विजौरीमा पुगेपछि अन्य दुई जना केटाहरुलाई पनि बोलाए ।

करिब ४ घण्टा कुटपिट पछि रश्मीका वुवा विष्णु खत्रीलाई कुटपिट गर्नेहरुले नै फोन गरे । ९७६९२७३८३९ बाट साँझ पौने ७ बजेतिर फोन गरेर छोरी आफूहरुसंग रहेको भनि फोन गरेपछि विजौरी भएको थाहा भएपछि प्रहरीले रश्मीलाई उद्दार गर्यो । उद्दार पछि स्वास्थ्य जाँच गर्दा दाँया खुट्टाको बुढी औलामा, ओठमा, छातिमा, स्तन, गुप्तांगलगायतमा चोट लागेको रिपोर्ट आएको थियो । प्रहरीले बालिकाको उद्दार गरेपनि कुटपिट गर्नेहरुलाई भने पक्राउ गरेको छैन । फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा ति बालिकामाथि कुटपिट भएको हो ।

पीडित पक्षले अहिले कुटपिट गर्नेहरुलाई किटानी जाहेरी दिने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले पनि कुटपिट भएको कुरा पुष्टि गरेको छ ।“हामीले केटीलाई हिजो उद्दार गर्यौं, थप बुझ्नकालागि पीडित पक्षलाई अहिले बोलाएका छौं”,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद राज खत्रीले भने“त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *