अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन । भोज, घुमफिर तथा अन्य उपलब्धिहिन खर्च कटाएर सामाजिक अभियान्ता ज्ञानेन्द्र पुनले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाइ शैक्षिक सामग्री उपलब्ध गराएका हुन। बिहिवार शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा आधारभुत बिद्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरेर १८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

जन्मदिनको अवसरमा सामाजिक अभियान्ता पुनले ११ जना छात्रा र ७ जना छात्रलाई शैक्षिक सामग्री उपलब्ध गराएको बिद्यालयले जनाएको छ । जन्मदिनको अवसरमा उनले २० दर्जन कापी, १८ दर्जन कलम, दुई सेट ब्याटमिन्टन, १८ थान ज्यामिती बक्स, लुडो सेट ५ र चार्ट बोर्ड ६ थान उपलब्ध गराएको बिद्यालयले जनाएको छ । सो अवसरमा बिद्यालयका प्रधानाध्यापक ओमलाल बुढाथोकीले जन्मदिनको अवसरमा अनुसरणीय काम गरेको भन्दै पुनलाइ धन्यवाद दिदै बालबालिकाको पठनपाठनमा शैक्षिक सामग्रीले महत्वपूर्ण टेवा पुर्याउने बताए ।

यस्तै जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकालाइ गुणस्तरीय शिक्षासंग जोड्नका लागि सक्दो सहयोग गरिएको पुनले बताए । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यार्थीले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

शिक्षा प्रति ज्ञानेन्द्र जस्ता युवाहरुको लगाव प्रति विद्यालय परिवार खुशी रहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृपा बुढाथोकीले बताएका थिए । कार्यक्रममा सल्यान कला साहित्य परिषद् सल्यानका अध्यक्ष भरत रोकाय, एन.एल.जि इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहोरा, टेकमाइण्ड नेटवर्क कर्णाली प्रदेश प्रमुख संगम विहानी लगायतको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *