अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न 

घोराही । नेपाल मगर संघ घोराही नगरको आयोजनामा हुन लागेको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको तयारी ९० प्रतिशत सम्पन्न भएको छ ।

माघ ५ गते देखि ११ गते बाट सुरु हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बेद बहादुर बुढा मगरले जानकारी दिनुभयो ।  कार्यक्रम स्थलको घेरबार तथा मञ्च तयारी सकिएको र स्टल निर्माण काम पनि सम्पन्न भएको अध्यक्ष बुढाले बताउनुभयो । “मेलाको तयारी लगभग सकिएको छ । मञ्च तयारी, स्टल निर्माण सकिएको छ भने ९० प्रतिशात स्टल बुकिङ भइसकेको छ । बाकी स्टल बुकिङ भइ रहेको र अझै स्टल बुकिङ गर्न चाहनेले आयोजक संग सम्पर्क गर्न सक्नुहुन्छ । ” उहाले भन्नुभयो । मेला उद्घाटनको लागि २ दिन बाँकी रहेको र २ दिन भित्र सबै काम सकिने समितिका प्रचारप्रसार प्रमुख कैलाश रोका मगरले बताउनुभयो । मेलाको लागि पिङ तथा बाल उद्यान जस्ता खेल सामाग्री आउँदै गरेको बताउदै रोकाले उद्घाटन अगावै सम्पूर्ण तयारी सकिने बताउनुभयो ।

७ दिन सम्म चल्ने मेलाको आम्दानी बाट घोराही नगर समितिले बहुउद्देश्यीय मगर संग्राहलय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकारका स्टल, बाल उद्यान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । नगर समितिले पहिलो पटक आयोजना गर्न लागेको मेला लाई सम्पूर्ण घोराहीबासी तथा  दाङ वासीलाई भव्य रूपमा सफल पारिदिन अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *