अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

विशाल परियार / माघ,०२ 
तुलसीपुर उपमहानगरपालिका र वडा नं १८ को आर्थिक सहयोगमा आयोजित मगर समुदायको सांस्कृतिक महोत्सव वडा नं १८ मा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल मगर संघ वडा कमिटी वडा नं १८ का अध्यक्ष वम बहादुर रोका मगर ‘विशाल’ को अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिहरूमा वडा नं १८ का वडा अध्यक्ष माधव वली, नेपाल मगर संघ लुम्बिनी प्रदेशका सदस्य खुलप्रसाद पुन मगर, जिल्ला अध्यक्ष ललिता बुढा मगर तथा तुलसीपुर उपमहानगरपालिकाका वाडा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मगर समुदायको विभिन्न सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो। विशेष आकर्षणको रूपमा मगर समुदायको सिङ्गारु नाच, भुमे नाच लगायतका परम्परागत नृत्यहरू प्रदर्शन गरिएकाे थियाे। यसका साथै, मगर समुदायको संस्कार र संस्कृति झल्काउने पोशाक तथा विभिन्न परिकारहरू जस्तै कोदोको ढिडो, सिस्नो, फापरको रोटी, लोकल कुखुराको मासु, सुँगुरको मासु, टिमुर लगायतका परिकारहरूको स्वाद लिन पाउने व्यवस्था गरिएको थियो।

तारो हान्ने खेलले पनि कार्यक्रमलाई थप आकर्षण दिएको थियो, जसको उद्घाटन नगर प्रमुख टिकाराम खड्काले तिर हानेर गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पालिका र वडाबाट व्यापक सहयोग प्राप्त भएको र आगामी दिनमा मगर समुदायका लागि आवश्यक बजेट छुट्याई बाजा-गाजा उपलब्ध गराउने प्रतिवद्धता नगर प्रमुख खड्काले व्यक्त गर्नुभएको छ।कार्यक्रमका केही अंशहरू बाँकी रहेकाले भोलि माघ ३ गते बिहान १० बजे तारो हान्ने कार्यक्रम तथा अन्य सम्मान कार्यक्रमहरूकाे आयोजना गर्दै समापन गरिने मुल आयोजक समितिका संयोजक रामु रोका र विशाल रोका मगरले जानकारी दिनुभएको छ।

संघको सदस्य ललिता बुढामगरकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण संघका सदस्य एवम वडा नं १८ का सदस्य शितल बुढा मगरले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *