अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

सिसहनियाँ महोत्सवमा खाद्य प्रविधिको अनुगमन

दाङ, २७ पुस।

दाङको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाँ कालापानीमा आयोजित दोस्रो सिसहनियाँ कृषि तथा औद्योगिक महोत्सव-२०८१ मा खाद्यपदार्थ बिक्री वितरण गर्ने स्टलहरूको शनिबार अनुगमन गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बराल, खाद्य निरीक्षणद्वय विवेक कुमार सुवेदी र सुदर्शन गोसाई, इलाका प्रहरी कार्यालय, सिसहनियाँका प्रहरी नायब निरीक्षक रकम खड्का, प्रहरी सहायक हवल्दार रविन्द्र नेपाली, तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी सहितको संयुक्त टोलीले अनुगमन गरेको हो।

अनुगमन टोलीले महोत्सवमा रहेका १५ वटा खाजा नास्ता पसल र ५ वटा दालमोठ, भुजिया, मिठाई तथा अचार बिक्री गर्ने स्टलहरू गरी कुल २० वटा खाद्य स्टलहरूको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा म्याद गुज्रिएका १५ लिटर हल्का पेय पदार्थ, ७ किलोग्राम हाईड्रो राखेर तयार गरिएका जेरी, ६ डब्बा हाईड्रो, २ किलोग्राम रङ मिसाइएको पकौडा, ८० थान कटन क्यान्डी, र २० किलोग्राम रङ मिसाइएको चिनी गरी करीब १० हजार रुपैयाँ बराबरका वस्तु जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण नगर्न, खाद्य नियमले निषेध गरेका रङ तथा रसायन प्रयोग नगर्न, पूर्ण विवरणसहित लेबलिङ गरिएको खाद्यवस्तु मात्र बिक्री गर्न तथा स्वच्छता कायम गर्न निर्देशन दिइएको कार्यालय प्रमुख बरालले बताउनुभयो ।

त्यस्तै कार्यालय प्रमुख बरालले नियम उल्लंघन गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गरिने समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *