अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

राप्तीका धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नती गरिंदै

भालुबाङ, २७ पुस

दाङको राप्ती गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नती हुने भएको छ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको पहलमा पूर्वमन्त्री खड्ग बस्नेत लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयमा मन्त्री भएको समयमा विनियोजित बजेट कार्यान्वयनसँगै ती स्थलहरूको स्तरोन्नती हुने भएको हो।

पालिकाका पाँच प्रमुख पर्यटकीय स्थलहरूको विकासका लागि पर्यटन डिभिजन कार्यालय, कोहलपुर बाँकेमार्फत काम हुने करिब ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। यस अन्तर्गत, वडा नं. १ को रामजहदी हरित पार्क, वडा नं. २ को हर्षेडाँडा मन्दिर, वडा नं. ५ को खाैराबाबा, भुल्के, र वडा नं. ८ को शिव मन्दिरको विकास तथा स्तरोन्नती गरिनेछ।

उक्त बजेट कार्यान्वयनका लागि शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका निमित्त कार्यालय प्रमुख टंकनाथ खनाल, इन्जिनियर राजकुमार निरौला लगायत अन्य जनप्रतिनिधिहरुले स्थानीय नागरिकहरूको सहभागितामा उक्त क्षेत्रकाे स्थलगत अवलोकन गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *