सागर सुबेदी / पौष २३
दाङको दंगीशरण गाँउपालिका वडा नं ६ बागरमा पहिलो पटक आयोजना हुन लागेको कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृृतिक महोत्सव २०८१ को तयारी तिव्र गतीमा भैरहेको छ ।
यहि पौष २८ गते देखि माघ ८ गते सम्म लाग्ने महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार देखि स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । यस अघि हाट बजार लाग्दै आइरहेको दंगीशरण गाँउपालिका वडा नं ६ बागरमा पहिलो पटक लाग्न गैरहेको महोत्सवको लागत भने पचास लाख लाग्ने आयोजकको अनुमान छ । स्टल बिक्रि, टिकट बिक्रि, बाल उत्थान लगायत प्रायोजन बाट महोत्सवमा आम्दानी हुने गर्दछ । पहिलो पटक लाग्न लागेको दंगीशरण महोत्सवबाट सोचे अनुसार आम्दानी हुने हो कि होईन आयोजक आफैमा डराईरहेको अवस्थामा छ ।
उनु पर्ने कानुनी प्रावधान छ । मेला महोत्सव लगाउँदा स्थानीय सरकारलाई आर्थिक रुपमा फाइदा हुन्छ भने स्थानीय कृषि उत्पादनले बिक्रिको लागी राम्रो अवसर पाउँछन । पर्यटन तथा व्यापारिक हिसाबले प्रवद्र्धनमा मेला महोत्सवको भूमिका यतिकै महत्वपूर्ण हुन्छ ।
फ्रेन्ड्स स्केट जोन नारायणपुरको आयोजना, मितेरी यूवा क्लब तुलसीपुरको सह आयोजना तथा भावना एमयूजमेन्ट प्रा.लि कैलाली नेपालको व्यवस्थापनमा हुने महोत्सवको संरक्षकमा दंगीशरण गाँउपालिकाको कार्यालय र दंगीशरण गाँउपालिका वडा नं ६ को कार्यालय छन ।