अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ, दाङको प्रथम जिल्ला अधिवेशन सम्पन्न 

दाङ, पुष १३

ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ, दाङको प्रथम जिल्ला अधिवेशन दाङको घोराही स्थित बाह्रकुने दह ( बराह क्षेत्र) मा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

हालसम्म ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघको नगर, प्रदेश तथा केन्द्रीय कमिटी थियो तर पछिल्लो समयमा संघले जिल्ला जिल्लामा पनि कमिटी विस्तार गर्ने कार्यक्रम अनुसार आज दाङको घोराहीमा एक कार्यक्रमका बिच प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको हो । अधिवेशन बाट निर्विरोध सर्वसहमतीमा जिल्ला कार्यसमिति गठन गरिएको छ ।

जसको अध्यक्षमा दिपक के.सी, उपाध्यक्षमा तिर्थराज सुबेदी, झग बहादुर सुनार, तिलक सुनार, सचिवमा बाबुराम न्यौपाने, सह सचिवमा थम्मन खड्का, कोषाध्यक्षमा लालमणि ढकाल र सदस्य पदमा शोभानन्द भुसाल , सिताराम बि.क , भरत घर्ती, टेक बहादुर वली, पुस्कर चौधरी, टिका प्रसाद चौलागाई, अनिल बि.क निर्विरोध सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघले समग्र ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायीको हक, अधिकार को विषयमा काम गर्दै आइरहेको छ ।

ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ नेपालका केन्द्रित उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष अशोक कुमार बर्माको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायि संघ नेपाल का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका महासचिव राम प्रसाद पाण्डेयले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *