अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न

तुलसीपुर, २५ मंसिर । दाङको तुलसीपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आर्थिक, सामाजिक तथा उद्यमशिलता क्षेत्रमा महिला सहभागिताको सवाल विषयक कार्यक्रम सम्पन्न भएको छ । ग्रिन फाउण्डेशन नेपाल दाङ तथा तुलसी सामाजिक विकास केन्द्रको आयोजनामा मंगलबार तुलसीपुरमा भएको कार्यक्रम स्थानीय वन महासंघकी सचिव रक्षा काफ्लेको अध्यक्षता तथा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले लिंगका आधारमा गरिने विभेद नै लैंगिक हिंसा रहेको बताउँदै सबैभन्दा पहिले आफूबाट सुरु गरी परिवार, समाजमा लैंगिक हिंसा अन्त्यका लागि आवाज उठाउनु पर्ने बताउनु भयो । उहाँले मान्छे लिंगकै आधारमा हिंसामा परेको बताउनु भयो । ‘छोराको खोजी गर्न सयौं, हजारौं छोरीहरु गर्भबाटै हराउनु भएको छ’ उहाँले भन्नुभयो ‘गर्भमा छोरा होस् या छोरी त्यो मेरो सन्तान हो भन्ने बुझ्नु पर्छ ।’ साथै उहाँले लैंगिक हिंसा अन्त्यका लागि उद्यामशिलतामा जोड दिन आग्रह गर्नुभयो ।

उक्त अवसरमा पाण्डेले लैंगिक हिंसामुक्त पालिका बनाउन बृहत्तर छलफल गरी टुङ्गोमा पुग्न आग्रह गर्नु भयो । तुलसीपुरलाई मानव अधिकार रक्षाका लागि नेपालको नमुना नगरका रुपमा  लैंगिक हिंसाका विरुद्ध आर्थिक, सामाजिक तथा उद्याशिलता विकासको नमुना नगर बनाउन सबै लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा तुलसीपुर वडा नम्बर ३ की वडा सदस्य डिलमाया नेपालीले लैंगिक हिंसामा महिला मात्र नभइ पुरुष पनि हिंसामा परेको बताउनु भयो । विशेषतः महिलाले महिला माथिनै हिंसा गरेको उल्लेख गर्नु भयो । ‘एउटा बन्द कोठामा मात्र लैंगिक हिंसा विरुद्धको अभियान चलाउनु भन्दा ग्रामिण समाजमा पुरुष र महिलाको सहभागितामा यस्तो अभियान चलाए मात्र लैंगिक हिंसा न्युनीकरण हुन्छ’ उहाँले भन्नुभयो ।

हरियाली मञ्च नेपालका अध्यक्ष सुरेश रावतले कार्यक्रमबारे प्रकाश पार्दै लैंगिक हिंसा अन्त्यका लागि महिला र पुरुषबीच छलफल गरी हिंसामुक्त समाज बनाउन जरुरी रहेको बताउनु भयो । घरमा मात्र नभई समाजमा भएको हिंसा अन्तय गर्न सबै लाग्नु पर्ने उहाँको भनाइ थियो ।

त्यस्तैगरी कार्यक्रममा तुलसीपुर नगर युवा सञ्जालकी सचिव प्रेरणा परियारले सरकारले महिला सहभागिताको अवसर दिए पनि पूर्णरुपमा सहभागिता नभएको बताउनु भयो । ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक विकासमा सक्रिय बनाउन जोड दिनुपर्ने बताउनु भयो । त्यस्तै तुलसीपुर नगर युवा सञ्जालकी सदस्य   रेजिना मियाले महिलामाथि हिंसा भएपछि सम्बन्धित निकायमा पुगे पनि आवश्यक करबाही नगरी सामान्य रुपमा लिंदा महिला हिंसा न्युनीकरण हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा गैर सरकारी संस्थाका अध्यक्ष भागिराम चौधरी, तुलसी अचार उद्योगकी तुलसा भुसाल, एफोन लुम्बिनी प्रदेशका अध्यक्ष पदम केसी, नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरी, तुलसीपुर सामाजिक विकास केन्द्रका शुभम देवकोटालगायतकाले बोल्नु भएको थियो । उक्त अवसरमा जनप्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधि, टोलका अगुवा, महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष विष्णु बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन फाउण्डेशनका कर्मचारी दिपक परियारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *