तुलसीपुर, २३ मङ्सिर
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको १४ औं दिनमा “यौन तथा प्रजनन स्वास्थ्य अधिकार मर्यादित महिनावारी हो आधार” भन्ने मुल नारा सहित तुलसीपुरमा छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली निकालिएको हो । सहायता केन्द्र नेपालको आयोजनामा निकालिएको र्यालीमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता माधव वलीको प्रमुख आतिथ्यता रहेको थियो । प्रवक्ता वलीले महिनावारी विभेदको अन्त्य गरि मर्यादित महिनावारी मैत्री वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन । उनले हामी सबै त्यहि महिनावारीको रगतबाट जन्मिएका हौ र यसलाई मर्यादित बनाउन जरुरी रहेको बताएको हुन ।
उक्त कार्यक्रममा सहायता केन्द्र नेपालको सचिव मुना वि.क ले महिनावारी विभेद राज्यको सवाल रहेको बिषय हो र यसमा सबै तह लगायत स्थानीय तह सरकारले पनि मर्यादित महिनावारी मैत्री कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएकी हुन ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरको असई जानका श्रेष्ठ, म सफा गर्छु मेरो देश अभियानका सचिव राजु वि.क, तुलसीपुर नगर स्तरीय युवा सन्जालको सचिव प्रेरणा परियार, तुलसीपुर नगर स्तरीय बाल सन्जालको सल्लाहकार रेजिना मिया लगायतको सहभागिता रहेको थियो ।उक्त र्याली कार्यक्रममा मा.वि सेन्टरको सिर्जना बाल क्लबका प्रतिनिधिहरूको उपस्थितिमा तुलसीपुर बजार परिसरमा र्याली निकालिएको थियो ।
सहायता केन्द्र नेपालको कोषाध्यक्ष दुविसरा वलीको कोण सभाध्यक्षतामा रहेको र्यालि कार्यक्रमको सहजीकरण सहायता केन्द्र नेपालको सचिव मुना वि.क ले गरेकी हुन ।