मधुसूदन गिरी / दाङ १६ मंसिर
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान सञ्चालन गर्ने भएको छ । आज घोराहीमा बसेको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमले यस्तो निर्णय गरेको हो । जसको लागि १० वटै पालिकाको इन्चार्ज तोकिएको छ ।
जसअन्तर्गत राप्ती गाउँपालिकामा विनोद सोनि, राजपुरमा आकाश यादव , बंगलाचुलीमा मधुसूदन गिरी, तुल्सिपुर उपमहानगरपालिकामा हिरालाल वली, लमहिमा भरत भुषाल, दंगिशरणमा भद्र खत्री भुपेश र बबइमा नविक केसीलाई इन्चार्ज तोकिएको छ । यस्तै बैठकले तिलक राज डाँगी, मनोज बुढा र टिकाराम राउतलाई कार्यालय सदस्य तोकेको छ ।
अखिल क्रान्तिकारी दाङका अध्यक्ष गोविन्द मल्लको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले सर्वप्रथम विद्यार्थीहरु अध्ययनमा अब्बल हुनुपर्ने बताउनुभयो ।
विद्यार्थीले हरेक क्षेत्रको बारेमा जानकारी लिनुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिमा नया शक्ति भनेको नेकपा माओवादी केन्द्र रहेको बताउनुभएको छ । माओवादी प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डामा अगाडि बढेको बताउनुभएको थियो । यस्तै उहाँले विद्यार्थी संगठन पार्टीमा पनि आवद्ध हुनुपर्ने बताउनुभयो ।
बैठकमा विभिन्न क्याम्पस, तथा पालिका कमिटिका प्रतिनिधिले रिपोर्टिङ गर्नुभएको थियो । कार्यक्रममा संगठनका निवर्तमान केन्द्रीय सदस्य विन्दु खड्का, प्रदेश उपाध्यक्ष प्रतीक अधिकारी सहितको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण अखिल क्रान्तिकारी दाङका सचिव हिरालाल वली जनार्दनले गर्नुभएको थियो।