अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन

तुल बहादुर कवँर मगर / भालुबाङ १६,मंसिर
दाङको राप्ती गाउँपालिका ३ मसुरीयामा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ ।मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरेको हो ।

जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिंदै नाटक प्रदर्शन गरिएको छ ।

नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ । नाटकमा मण्डलाका कलाकार सोमनाथ खनाल,प्रदिप चौधरी,बल बहादुर राई,सागर खाती, मिलन कार्की, पिङ्की बोहोरा,मनी कुलुङ राई,अग्नी विश्वकर्मा,उमेश तामाङ,रिजन केसी, वेदना राईलगायत चर्चित कलाकारको अभिनय थियो ।

नाटकमा जथाभाभी गरिने डोजरे विकासको असर, वन जङ्गलमा गरिने आगजनी, मापदण्ड पूरा नगरी निर्माण गरिने संरचनाका कारण भूकम्पीय असर आदि विषय समेटिएको छ ।

नाटक सम्पन्न भएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नाटकले यथार्थ चित्रण गरेको बताउनुभयो ।उहाँले यस्ता नाटकले समुदाय सचेत भई प्राकृतिक विपत्ति रोक्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीलगायत स्थानीयको उल्लेखीय उपस्थिति रहेको थियो ।
मण्डला थिएटरले विश्व बैंक, युके एड, क्यानडा, युएसआइडीको सहयोग तथा राप्ती गाउँपालिका दाङको सहजीकरणमा नाटक प्रदर्शन गरेकोे थियो ।
नाटक दाङ,इलाम,ताप्लेजुङ,बझाङ,जाजरकोट,पश्चिम रुकुम सहित देशका विभिन्न ८ जिल्लामा प्रदर्शन गरिने निर्देशक सोमनाथ खनालले जानकारी दिनुभयो ।
ताप्लेजुङ बाट शुरु भएको नाटक प्रदर्शनी बझाङ पुगेर समापन गरिने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *