सुन्दै छु बहिनीले झोला बोकिन अरे
भन्दै थिइन् म त पढ्न सहर छिरे।
आहा कति रमाइलो होला त्यो ठूलो बजार
भिन्न भिन्न मानिसको भिड हजार
अब त नयाँ नयाँ वस्त्रको पहिरन
कति सुहाउला मलाई सहरिया रहनसहन
यतिसम्म उत्साहित देखिन् उनी।
एउटै घर १० चुला हुँदा कस्तो हुने हो कुन्नी
काल्पनिक सहर स्मरण गर्दै वास्तविक सहर हेर्दा
के बित्ला उनीमा शहरमा सुरुमा पाइला टेक्दा
एकदिन तिम्रो रूप रङ बोली भाषा वस्त्रको पनि मजाक उडाउनेछन्।
सबै दुनियासँग दिक्क भई हार खाँदा तिम्रो आँखा रसाउने छन्।
यही सहरमा हजारौं मानिसको बीचमा तिमी एक्लै पर्नेछौ
परिवारिक चिन्ता अनि भविष्यका बाटामा नभेटिँदा कमजोर हुनेछौ
तब सम्झिनु तिमीले आमाका ती आँखामा तिमी प्रति रहेको आस।
अनि बाबाले तिम्रो लागि दुःख गर्दा ठेला उठेका ती हात
बिस्तारै तिमी मान्छे चिन्नेछौ बोल्न पनि कम गर्नेछौ।
आँफुलाई आफैसँग सम्हालेर राख्नेछौ।
कसैको कुराले फरक नपर्ने बलवान बन्ने छौ
आफ्नो मर्जीको काम गर्न सक्ने आँट समेत राख्नेछौ।
एक मन एकचित्त भई सपनाको बाटोमा लाग्नु तिमी।
केही अप्ठ्यारो पर्यो भने सम्झिनु छौ नि हामी।
एकदिन यो सहर तिमीले कल्पना गरेको जस्तो नै बन्ने छ म
तिम्रा सपना बिपनामा यसरी परिणत हुनेछन् कि दुनियाले नै आहा भन्ने छ ।
✍️ : अन्जना धिताल
खजुरा गाउँपालिका वडा नम्बर २, बाँके
लुम्बिनी प्रदेश स्तरीय किशोरी सञ्जाल सदस्य