अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर)

मंसिर २, नेपालगन्ज ।   जलवायु वित्तका लागि जारी कोप – २९ को समर्थनमा नेपालगन्जमा र्‍याली  गरिएको छ । कार्यक्रममा मंगल प्रसाद नमुना माबि, नगरस्तरिय किशोरी संजाल नेपालगञ्ज, लुम्बिनी प्रदेश किशोरी संजाल र ‘वाईसीएएल नेटवर्क खजुरा’, शान्ति पुर्णस्थापना केन्द्र बाँके, तुलसी सामाजिक बिकास केन्द्र दाङ, सहयात्री नेपालको सहकार्यमा कार्यक्रम भएको छ । कार्यक्रममा मंगल प्रसाद नमुना माबिका नेपाल स्काउट, क्लिनिक क्ल्व, बाल क्लब, इको क्लव गरि १५० विद्यार्थीको सहभागितामा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो ।

नेपालका १६ सहरहरुमा गरिए अनुसार नेपालगन्जमा पनि अजरबैजानमा जारी कोप-२९ को समर्थनमा र्‍याली गरिएको हो। यो आन्दोलनले वैश्विक उत्तर(ग्लोबल नर्थ) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ) प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वानमा एकिबद्धता जनाउन गरिएको समेत आयोजक कमिटी ले जानकारी दिए ।

आजको र्‍यालीको केन्द्रीय माग स्पष्ट छ: वैश्विक उत्तरले(ग्लोबल नर्थले) आफ्नो जलवायु वित्तको प्रतिवद्धता पूरा गर्नुपर्छ। औद्योगिक देशहरूको ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर छ त्यो चुकाउनु पर्नेछ। यो भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता हो, जसले विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्युनिकरण गर्ने समेतमा र्‍यालीमा सहभागी भएकाहरुले जोड दिए ।

जलवायु संकटले विश्वका सबै देशमा समान रूपको र साझा चुनौती सिर्जना गरेको छैन। ग्लोबल नर्थले आर्थिक वृद्धिका लागि गरेका क्रियाकलापहरूले, दक्षिणका देशहरूविशेष गरी नेपालजस्ता देशहरुले दैनिक रूपमा यसको भयानक प्रभावहरूको सामना गरिरहेका छन्, जस्तै बाढी, खडेरी, र गर्मी लहर। हाम्रा हिमश्रिखंला दिन दिनै पगलिदै गएका छन र हिमताल फुटने लहरो छ। नेपाल जस्तो देशको लागि जलवायु संकटले प्रति दिन नयाँ चुनौती थपदैछ, जसले हाम्रो जीविकोपार्जन र जैविक विविधतालाई नै खतरा पुर्याउदैछ। तसर्थ अब वैश्विक उत्तरले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गरेर कदम चालनु बाहेक अन्य कुनै उपाय नभएको समेत र्‍याली  सहभागीहरुले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *