अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती 

किस्मत खतिवडा, बिराटनगर / २७ कार्तिक

छन्दवाटिका नेपालले एक कार्यक्रमको आयोजना गरी २०८१ कार्तिक २७ गते मंगलबार कोशी प्रदेश बिराटनगर स्थित देवकोटा चोकमा महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाएको छ। विराटनगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरी एक दर्जन बढी कविहरूबाट कविता वाचन गरिएको थियो ।

उक्त कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष श्री हरि कट्टेलले अध्यक्षता गर्नु भएको थियो भने प्राज्ञ बिवश पोखरेलको प्रमुख आतिथ्य तथा प्राज्ञ खेम नेपालीको बिशिष्ट आतिथ्यता रहेको थियो। साहित्यकारहरू भरत बर्बरिक, बाबुराम पोखरेल, भारती पोखरेल , डा देवी पन्थी,भक्ति दाहाल, भवानी प्रसाद पोखरेल, भूपाल अधिकारी ऋषि तिवारी कुमार श्रेष्ठ ,शारदा भट्टराई, स्वयम्भू कार्की, रोहिणी रसिक,प्रमोद ढकाल , निर्मला कोईराला ,प्रिन्स प्रमोद ,सविना श्रेष्ठ,अम्विका खरेल उप्रेती भैरव क्षेत्री लक्ष्मण यादव ,कर्ण संजय , मन्जु गिरी मिन कुमार नवोदित लगायत थुप्रै साहित्यकार , संस्कृतिकर्मी , पत्रकार व्यक्तित्वहरूको कार्यक्रम मा उपस्थिति थियो ।

कार्यक्रममा प्राज्ञ विवश पोखरेल लगायतका अतिथि वक्ताहरूले यो कार्यक्रम सान्दर्भिक रहेको बताउदै देवकोटाको व्यक्तित्व कृतित्वको चर्चा गरे भने संस्थाका अध्यक्ष हरि कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटा प्रति श्रद्धाभाव अर्पण गरे ।कार्यक्रम छन्द वाटिकाका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गररेका थिए ।

छन्दवाटिका नेपालले विगतदेखि नै देवकोटा जन्मेको दिन कार्तिक २७ गते विविध कार्यक्रमहरु गरी उनको जन्मजयन्ती मनाउदै आएको छ।

महाकवि देवकोटाको जन्म १९६६साल कार्तिक २७ गते भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *