अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास

तराई मधेश कानून विद्यार्थी समाजले “कानूनी आवाज” अभियान अन्तर्गत ४० विद्यालयमा कानूनी सचेतना कार्यक्रम आयोजना गरेको छ। तराई मधेशका कानून अध्ययनरत विद्यार्थीहरुको साझा संस्था भएको यो समाजले कानून क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको छ।

“नेपालको कानून सबैले जानुन्” र “कानूनी शिक्षामा सबैको पहुँच” भन्ने नारासहित शुरू गरिएको यस अभियानको मुख्य उद्देश्य विशेषगरी तराई मधेशका विद्यार्थीहरुमा कानूनी जागरुकता फैलाउनु थियो।

अभियान अन्तर्गत सिरहा, सप्तरी, सुन्सरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, र नवलपरासीका विद्यालयहरुमा कानूनी शिक्षा, मानव अधिकार, लैङ्गिक समानता, साइबर अपराध तथा कानून, नेपालको संविधान र राज्यको संरचना, सामाजिक समस्या तथा समाधान, मौलिक हक लगायतका विषयमा कार्यक्रम गरिएको थियो।

प्रभात कुमार लहेराका अनुसार, यो कार्यक्रमबाट लगभग २५००-३००० विद्यार्थीलाई कानूनी विषयमा सचेत गराउन सफल भएको छ। साथै महोत्तरी, बारा र रौतहटका चार स्थानमा नमुना संसदीय अभ्यास कार्यक्रम समेत सञ्चालन गरियो। महोत्तरीमा भंगहा नगरपालिकाको सहयोगमा श्री उच्छ माध्यमिक विद्यालयमा, बारामा मनकामना कलेजको सहयोगमा मनकामना कलेजमा, रौतहटको परोहा नगरपालिकाको सहयोगमा श्री ब्रम्हज्योति मा. वि.मा, र रौतहटकै गरुडा स्थित श्री नमुना मा.वि. को सहयोगमा श्री नमुना मा.वि. मा यो अभ्यास कार्यक्रम सम्पन्न गरियो।

यो अभियानमा झापा देखि कपिलवस्तु सम्मका विभिन्न कानून क्याम्पसका ७३ जना विद्यार्थी सहभागी थिए। सहभागीहरूलाई जिल्लागत आधारमा ९ समूहमा विभाजन गरी प्रत्येक समूहका संयोजक पनि नियुक्त गरिएका थिए।

समाजमा कानूनी चेतनाको माध्यमबाट सामाजिक विकास र सुशासनको स्थापनामा विद्यार्थीहरूको योगदान हुन सक्छ भन्ने विश्वासका साथ यो अभियान सञ्चालन गरिएको थियो। तराई मधेश कानून विद्यार्थी समाजले यो “कानूनी आवाज” अभियानलाई भविष्यमा अझै प्रभावकारी रुपमा निरन्तरता दिने योजना अभियान संयोजक प्रभात कुमार लहेराले बताएका छ्न्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *