अपडेट
दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव ) राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै

कार्तिक १४, काठमाडौं । बान्द्रे नामले प्रसिद्ध टेलिभिजन कलाकार सुरज चापागाईंले नयाँ श्रृंखला ल्याउने भएका छन् । ‘मेरी बास्सै’ टिभी श्रृंखलामा देख्दै आएका दर्शकले उनलाई नयाँ सिरियलमा हेर्न पाउनेछन् ।

तर यसपटक टिभीमा भने होइन । बान्द्रेले वेब सिरिज ‘मेरी आम्मै’ ल्याउन लागेका हुन् । कात्तिक १७ गतेदेखि प्रत्येक शनिबार बेलुका साढे ७ बजे उनको यो शो युट्युब च्यानल ‘बान्द्रे नारायण’बाट स्ट्रिमिङ हुनेछ ।

केही समय अभिनयबाट टाढिएका बान्द्रेलाई यो वेब सिरिजले दर्शकसँग जोड्ने विश्वास गरिएको छ । यसअघि ‘हल्का रमाइलो’, ‘मेरी बास्सै’, ‘गाह्रो छ’ जस्ता टिभी श्रृंखलामा देखिएका उनी दर्शकबाट टाढिएका थिए ।

‘मेरी आम्मै’बाट उनले सक्रिय कलाकारितालाई अघि बढाउने जनाएका छन् । यो वेब सिरिज ग्रामीण परिवेशमा बन्ने कमेडी शैलीको हुने उनले बताए । ‘मेरो तर्फबाट दर्शकलाई दशैं-तिहारको कोसेली हुनेछ यो’ उनले भनेका छन् ।

बान्द्रेकै पटकथा लेखन तथा निर्देशन यसमा हुनेछ । श्रृंखलामा उनीसहित ‘मेरी बास्सै’की सहकलाकार सुनिता गौतम ‘मैयाँ’, सुशील पोखरेल, यादव देवकोटा ‘सरापे’, रमेश बुढाथोकी, मुस्कान लामा, रमेश बुढामगर, भाइकृष्ण श्रेष्ठको पनि अभिनय हुनेछ । मैयाँ र बान्द्रेले ‘मेरी बास्सै’मा दिदीभाइको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *