![](https://cntpress.com/wp-content/uploads/2024/10/Messenger_creation_F8F56729-F5C4-406C-A744-B44CCD6930A4-1024x683.jpeg)
तुलसीपुर ११ कार्तिक । ज्ञान ज्याेति फाउन्डेसन रनिङशिल्ड प्रतियाेगिता २०८१ आज देखि शुरु भएको छ । ज्ञान ज्याेति फाउण्डेसन अन्तर्गत रहेका विद्यालयहरुकाे सहभागिता रहने रनिङशिल्ड प्रतियोगिताकाे आज उदघाटन भएको हाे ।
![](https://cntpress.com/wp-content/uploads/2023/08/Naya-paila-ads.jpeg)
अमृत एकेडेमी तुलसीपुर-१९ विजाैरीको आयोजनामा आज देखि बेल्झुण्डी रङ्गशालामा शुरु भएको प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा एथलेटिक्सका सवै खेलहरु हुने खेल संयाेजक सुनिल भण्डारीले जानकारी दिनुभयाे । अमृत एकेडेमी विजाैरिका प्रिन्सिपल प्रताप सेजवालकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ का वडा अध्यक्ष प्रेमनाथ याेगिकाे प्रमुख आतित्थ्यतामा प्रतियाेगिताकाे उदघाटन गरिएको थियाे ।
![](https://cntpress.com/wp-content/uploads/2024/05/received_1495237044762363.jpeg)
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगीले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले दक्ष खेलाडीहरु उत्पादनमा टेवा पु¥याउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुग्न उनीहरुलाई मद्दत मिल्ने बताउनुभयो । साे अवसरमा वाेल्दै ज्ञान ज्याेति फाउन्डेसनका संस्थापक अध्यक्ष टिका वहादुर जिसिले फाउन्डेसनले विद्यार्थीहरुकाे पठन पाठन मात्र नभई चाैतर्फि विकासका लागि वार्षिक रुपमा खेलकुद प्रतियोगिताकाे आयाेजना गर्ने वताउनुभयाे । फाउन्डेसनमा १४ विद्यालय आवद्द रहेकाे भन्दै विद्यार्थीहरुलाई पढाइ संगसंगै शारिरिक तथा मानशिक रुपमा सबल र सक्षम वनाउन अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउने वताउनुभयाे ।
अमृत एकेडेमीका भाईस प्रिन्सिपल नारायण अधिकारकाे स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमकाे सञ्चालन ज्ञान ज्याेति कलेजका उप प्राध्यापक साेमराज वस्नेतले गर्नु भएको थियाे ।
![](https://cntpress.com/wp-content/uploads/2024/10/20241015_074507-scaled.jpg)