अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

तुलसीपुर, कात्तिक ११ । दाङको तुलसीपुरस्थित अरनिको मैदानमा आजदेखि लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको आयोजनामा कात्तिक ११ गतेदेखि १३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन बिहान ११ बजेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी र अर्का केन्द्रीय सदस्य गेहेन्द्र गिरीले गर्ने भएका छन।

तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अधयक्ष बिमल रिजालले लुम्बिनी प्रदेश स्तरिय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ आयोजना गरिएको र त्यसमा प्रदेश भरका झन्डै आठ सय हाराहारी खेलाडी तथा प्रशिक्षकहरु विभिन्न जिल्लाहरुबाट तुलसीपुरमा आइ सकेको जानकारी दिएका छन ।

प्रतियोगिता आयोजक समिति संयोजक मोहन सुनारले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइ सकेको जानकारी दिए ।

लुम्बिनी प्रदेश तेक्वान्दो संघका कोषाध्यक्षसमेत रहेका सुनारले खेलाडीको हौसलाको लागि प्रतियोगितामा उपस्थितिका लागि खेल प्रेमी सबैमा आग्रह गरेका छन ।

प्रदेशका १२ जिल्लाका आठ सय हाराहारीमा खेलाडी आएको हुँदा तुलसीपुरका सबै होटेलहरु भरिभराउ हुने लुम्बिनी प्रदेश तेक्वान्दो संघका महासचिव विनिल केसीले बताए । विभिन्न जिल्लाहरु बाट आउने खेलाडीहरुलाई तुलसीपुर क्षेत्रका सम्पूर्ण होटेलहरुमा बसोबासको व्यवस्थापन गरिएको र त्यसले एक पटक तुलसीपुरको व्यापार तथा पर्यटन पर्बद्धनमा टेवा पुग्ने उनले आशा ब्यक्त गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *