अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

दाङमा पहिलो पटक सर्प महोत्सव लाग्दै, देशभरबाट सर्प बिशेषज्ञ आउने

दाङ, कार्तिक २

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित राप्ती शान्ति उद्यान( गणेशपुर) पार्कमा यहि कार्तिक ८,९ र १० गते दाङ जिल्लामै पहिलो पटक सर्प महोत्सव तथा मानव र वन्यजन्तु बिच सम्बन्ध सचेतना कार्यक्रम २०८१ हुने भएको छ ।

पश्चिम दाङका करिब २०,००० स्थानिय जनताहरु प्रत्यक्ष लाभान्वित हुने उक्त महोत्सवको मुख्य उद्धेश्य भनेको दाङमा पाइने बिषालु र अबिषालु सर्पहरुको प्रदर्शन गरि मानिसहरुलाई सचेत बनाउने रहेको आयोजकले जनाएको छ । देशभर नै सर्प सम्बन्धी काम गरिरहेका तथा सर्प उद्धारमा खटिएका सर्प बिशेषज्ञहरुद्धारा बिषालु र अबिषालु सर्प पहिचान, सर्पदंश सम्बन्धी विज्ञ द्धारा प्रशिक्षण गराइने आयोजकले जनाएको हो । उक्त महोत्सवमा तुलसीपुर उपमहानगरपालिका, शान्तीनगर गाउँपालिका, दंगीशरण गाउँपालिका का सम्पूर्ण सरकारी तथा निजि बिद्यालयका ८ कक्षा देखि माथिका बिद्यार्थी, सम्पूर्ण पालिकाका वडा तथा टोल प्रतिनिधि साथै सामुदायिक वनका प्रतिनिधिहरुलाई बिषालु तथा अबिषालु सर्प चिन्न सक्ने गराउने कार्यक्रमको लक्ष्य रहेको छ । कार्यक्रममा नेपाल भर तथा दाङ जिल्लामा पाइने बिषालु र अबिषालु सर्पहरुको पोष्टर पनि वितरण गरिने छ जसले गर्दा कार्यक्रम पश्चात घरमा गएर पनि सहभागीहरुले पोष्टर हेरि सर्प पहिचान गर्न सक्ने छन ।

पछिल्लो समय मानव र वन्यजन्तु बिच बढेको द्धन्द्ध नियन्त्रण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिइएको छ ।
तुलसीपुर बि.पी चोक स्थित कुमाख क्याफेमा पत्रकार सम्मेलन गरी आयोजकले कार्तिक ८,९ र १० गते लाग्ने सर्प महोत्सव तथा मानव र वन्यजन्तु बिच सम्बन्ध सचेतना कार्यक्रम २०८१ को सम्पूर्ण तयारी भैरहेको जानकारी दिएको हो ।

उक्त महोत्सवको आयोजना हामी संरक्षणको लागी काम गर्छाैँ नामको संस्थाले गर्न लागेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *