मेरो सासमा तिम्रो मिलनको आश अझै बाँकी छ,
मेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छ ।
भुल्न सकिन्छ कसरी धराकास मिलनको रात,
जिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छ ।
सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब,
मरुभूमीय अतृप्तिको एहसास अझै बाँकी छ ।
आज भोलि मौसम खराब छ ए मेरो दु:खी मन,
उन्को र मेरो सुवासित मधुमास अझै बाँकी छ ।
तिम्रो नाम लिएर बाँचेकोछु हरेक धड्कन,
यो ओठमा तिम्रो अधरको सुवास अझै बाँकी छ ।
कती पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो,
फेरि पनि जिउँदो छु भन्ने कटुमास अझै बाँकी छ ।
सुसन के.सी
बनेपा-६, बुडोल