अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

दशैंमा नवमीको दिन के गरिन्छ?

पण्डित बालमुकुन्द देवकोटा, काठमाडौ ।  मिति २०८१ साल असोज २५ गते शुक्रबार आश्विन शुक्लपक्ष अष्टमी तिथि प्रात : ६ / ५० बजेसम्म त्यस उप्रान्त नवमी तिथि आरम्भ भएकोले नौरथाको नवौँ दिनलाई महानवमी भनिन्छ।यस दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ।देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैलाई सिद्धि प्राप्त गर्न सक्नेछन् ।नवरत्रको नवौंदिन अर्थात् नवमी तिथि यिनै सिद्धिदात्रीलाई समर्पित छ, देवी दुर्गाको सिद्धिदात्री रूपको साधना एवं पूजा गर्ने गरिन्छ ।देवी सिद्धिदात्री नव दुर्गाको श्रेणीहरूमा अन्तिम स्थानमा आसीन हुनुहुन्छ ।देवीको साधनाले सम्पूर्ण ब्रह्माण्डमा विजय प्राप्त गर्न सकिन्छ, लौकिक तथा पारलौकिक सबै प्रकारको मनोकामना पूर्ण हुनसक्छ ।यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई नरिवेलको बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ।यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ।महानवमीमा नवदुर्गा स्वरूपा केराको पातमा नौ वटा चामलको थुप्राहरु बनाई त्यसमाथी सुपारी राखी यसैगरी शैलपुत्री , ब्रह्मचारिणी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ।त्यसपछी विशेष गरी सिद्धिदात्री देवीको पूजा-आजा गरिन्छ। सिद्धिदात्री देवीको पूजा,अर्चना गर्नाले मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व यो आठ सिद्धिहरु हुन्छन्। ब्रह्मवैवर्तपुराणका श्रीकृष्ण जन्म खण्डमा यही संख्या अठार मानिएको छ।
यिनका नामहरु हुन् –
१, अणिमा २, लघिमा ३, प्राप्ति ४, प्राकाम्य ५, महिमा ६, ईशित्व,वाशित्व ७, सर्वकामावसायिता ८, सर्वज्ञत्व ९, दूरश्रवण १०, परकायप्रवेशन ११, वाक्‌सिद्धि १२, कल्पवृक्षत्व १३, सृष्टि १४, संहारकरणसामर्थ्य १५, अमरत्व १७, सर्वन्यायकत्व १७, भावना १८, सिद्धि ।यी देवी बाट प्राप्त हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *