अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

नेशनल प्याब्सन दाङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

आशिष केसी, दाङ असोज २० नेशनल प्याब्सन दाङले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री  प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगी, केन्द्रिय सदस्य प्रकाश शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा  प्रमुख अतिथि प्रचण्ड विक्रम न्यौपानेले शिक्षा क्षेत्रमा निजि विद्यालयहरुले पुर्याएको योगदानको चर्चा गर्नुभयो । साथै उहाँले दाङ शाखाले विभिन्न रचनात्मक कार्यहरुमा जोड दिएको बताउनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि डाँगीले राज्यले निजि विद्यालयलाई हेर्ने दृष्टिकोण सहि हुनुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा बुद्ध किरण ईङ्लिस स्कुल राजपुर र गुरुकुल एकेडेमी लमही नेशनल प्याब्सन दाङमा आवद्ध भएका छन् ।

कार्यक्रममा केन्द्रिय सदस्य प्रकाश कुमार शर्मा, लुम्बिनी प्रदेश सचीव टोपेन्द्र खनाल, लुम्बिनी प्रदेश सह-कोषाध्यक्ष नरेश आचार्य त्यस्तै सदस्य केपी न्यौपाने, जिल्लाका निवर्तमान उपाध्यक्ष भुमान्डब केसी लगायतले नेशनल प्याब्सनले समग्र शैक्षिक उन्नयनका लागी एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी कार्यक्रममा बबई गाउँपालिका संयोजक बुद्धिराम चौधरी, शान्तिनगर गाउँपालिका संयोजक रण बहादुर बोहरा, दङ्गिशरण गाउँपालिका संयोजक नारायण शर्मा, राप्ती गाउँपालिका संयोजक चम्पक राज कार्की, तुलसीपुर उपमहानगरपालिका संयोजक सुमन केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

जिल्लाका उपाध्यक्ष ठाकुर डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचीव शालिकराम कार्कीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *