![](https://cntpress.com/wp-content/uploads/2024/10/Messenger_creation_95338F38-FB41-44A6-8E75-C052DB7DBC4E-1024x768.jpeg)
किस्मत खतिवडा, बिराटनगर
![](https://cntpress.com/wp-content/uploads/2023/08/Naya-paila-ads.jpeg)
विराटनगर ७ स्थित श्री गायत्री संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई बडा दशैँ, तिहार र छठ पर्वको सांस्कृतिक र धार्मिक महत्व र हाम्रा चाडपर्व र परम्पराहरुको जानकारी दिने उद्देश्यले परीक्षा सकिएपछि विद्यालय लामो विदा हुने अघिल्लो दिन दशैँ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजेश पोखरेलले विद्यालयमा आयोजना गरिने यस्ता धार्मिक कार्यक्रमले विद्यार्थीहरुमा नैतिक र धार्मिक आचरणको विकास हुने, हाम्रा परम्परा र रीतिरिवाजको संरक्षण हुँदै जानेकुरा बताउनुभयो । गुरुद्वय बलराम कोईराला, र गोपाल तिम्सिनाले, दशैँमा जमरा राख्ने विधि र दशैँ तिहारको सामाजिक र धार्मिक महत्वका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुभयो भने शिक्षक सङ्गीता कोइरालाले छठ पर्वको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।
![](https://cntpress.com/wp-content/uploads/2024/05/received_1495237044762363.jpeg)
कार्यक्रम विद्यालयका प्रधानाध्यापक चुडामणि नेपालको सभापतित्वमा सञ्चालन भएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक चन्द्रकुमारी सुब्बाले गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापनका सदस्यज्यूहरु, गुरु गुरुआमा, कर्मचारीहरुले सम्पूर्ण विद्यार्थीहरुलाई विजया दशमीकै झल्को दिनेगरी टीका जमरा लगाई, दक्षिणा दिई खाजा खुवाउनु भएको थियो । परीक्षा सकिएपछि विद्यालयले आयोजना गरेको कार्यक्रमले हामीमा थप हौसला र प्रेरणा मिलेको कुरा विद्यार्थीहरुले बताए भने कार्यक्रममा दशैं तिहार र छठ सम्बन्धी शिक्षक विद्यार्थीले विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।
![](https://cntpress.com/wp-content/uploads/2024/10/20241015_074507-scaled.jpg)