तुलसीपुर, असोज १६
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी ४३ बर्षीय उपेन्द्र पौडेल यतिबेला आफ्नै खर्चमा भत्किएको सडक मर्मत गर्न व्यस्त देखिन्छन । दाङको तुलसीपुर घोराही सडकखण्डमा पर्ने ग्वारखोलाको पुलमा खाल्डो परेको भिडियो सिएनटीप्रेसमा सार्वजनिक भएपछि आफ्नै खर्चमा पुलका खाल्डाखुल्डी पुर्न पुगेको ओपेन्द्र अहिले भने सडकका खाडल पुर्ने अभियान मै लागेका छन ।
दिउसोको गर्मीमा पनि घाम नभनी खाडल पुर्नै व्यस्त हुन्छन । अहिले सम्म घोराही तलसीपुर सडकखण्डको पर्सेनी, मोतीपुर, हात्तीखौवा तिरका खाल्डाखुल्डी पुरिसकेको बताउँदै उनले तुलसीपुर देखि दुधरास सम्मको सडकमा रहेका खाडल पुर्ने सोँच रहेको बताएका छन ।
आफु स्वयम स्कुटरमा हिँड्ने हुँदा कैयौँ पटक आफु स्वयम र कैयौँ पटक आफ्नै अगाडि अरु साना तथा दुइपाङ्ग्रे सवारी चालक दुर्घटना परेको देखे पछि अहिले आफै सडकका खाडल पुर्न थालेको बताउँछन ।
‘सरकारलाइ भन्ने कति भन्ने ?, यो सुतेको सरकार निन्द्राबाट ब्यूझिँदा सम्म कतिले दुर्घटनामा ज्यान गुमाउनु पर्ने हो । त्यसैले जनता आफै जागरुप हुनुपर्छ भनेर म आफै खाल्डाखुल्डी पुर्न लागेको हुँ ।‘ उनले भने ।
अहिले गाडि रोकेर सबैले राम्रो काम गर्नु भएको छ भन्दै आशिर्वद दिनुहुन्छ, त्यतिबेला छुट्टै आनन्द महसुस हुने पौडेल बताउँछन ।