कञ्चनपुरको बेलौरी नगरपालिका लक्षित गरि हिंसामा परेका महिला र बालबालिका लागि उपयुक्त सेवाको स्थापना र सुदृढीकरण बिषयक छलफल कार्यक्रम गरिएको छ। बेलौरी नगरपालिकाका जनप्रतिनिधि,कार्यरत कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र बेलौरी नगर युवा सञ्जालका पदाधिकारीको उपस्थितिमा धनगढीमा कार्यक्रम गरिएको हो।
बिहान ९ बजे देखि सुरु भएको कार्यक्रममा हिंसामा परेका पिडितहरुलाई न्याय दिलाउन स्थानीय सरकार , कर्मचारी र युवा सञ्जालले आफ्नो भुमिका कसरी बहन गर्न सक्छन् भन्ने बारे छलफल गरिएको थियो । सामाजिक अपराधलाई न्युनिकरण गर्न, कानुनी संरक्षण, पिडितहरुको गोपनीयता कायम गर्न र पिडितलाई सुरक्षित महसुस गर्न सक्ने वातावरण निर्माणका लागि सबैले आ-आफ्नो तहबाट पहल गर्नु पर्ने बारे अधिवक्ता दिपेश श्रेष्ठले विस्तृत चर्चा गरेका थिए ।
उक्त कार्यक्रम महिला कानुन विकास मञ्च (एफ डब्लु एल डी) को आयोजनामा गरिएको कार्यक्रमकी संयोजक कौशिला योगीले जानकारी दिइन् ।