अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी

तुलसीपुर, असोज ११
तुलसीपुरमा बर्षातको समयमा हुनसक्ने सम्भाव्य डुबान, जोखिम स्थल र स्थानहरुको कार्यवाहक नगर प्रमुख सहितको जनप्रतिनिधिहरुको समुहले अवलोकन गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ११ अन्तर्गत पर्ने मोतीपुर, बगरपुर, बेल्टाकुरा र शितलपुर क्षेत्रको नदी कटान क्षेत्रमा जन प्रतिनिधिहरुले अवलोकन गरि त्यहाँ आसपासमा बसोबास गरिरहेका जनताहरुलाई सतर्क रहन समेत अनुरोध गरेका छन ।

तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष माधव वली, तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष दुजमान भण्डारीे “बर्षात”, तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष मान बहादुर रावत, तुलसीपुर उपमहानगरपालिका पूर्वाधार विकास समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विर बहादुर बि.क ‘विजय’ र नगर स्तरीय युवा सञ्जालका अध्यक्ष ओद बहादुर भण्डारी ‘गणेश’ को टोलीले वि.सं २०७२ सालमा आएको बबई नदीले कटान गरेको तथा डुबानमा पारेको क्षेत्रमा अवलोकन गरी नदी क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीयहरुलाई सतर्क तथा सजक रहन आग्रह गरेका छन ।

बबई नदीको सतह बढेको र आफुहरु जोखिमको त्रासमा रहेको भन्ने सूचना दिएपछि कार्यवाहक नगर प्रमुख सहितको टोलीले उक्त क्षेत्रमा अवलोकन गरेको र निरन्तर बर्षातका कारणले बबई नदीको सतह पनि केहि बढेको पाइएको हुँदा त्यस क्षेत्र वरपर रहेका टोलका अध्यक्षहरु तथा स्थानीयहरुलाइ बर्षातको समय भर सजक र सतर्क रहन तथा अप्ठ्यारो परिस्थितीमा जुनसुकै समयमा पनि स्थानीय सरकार तथा आपतकालिन नम्बरहरुमा सम्पर्क गर्न भनिएको तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *