अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई

काठमाडौ १, असोज । बालसहभागितामा कार्यरत संस्थाहरूको साझा समुह (कन्सोर्टियम नेपाल)ले राष्ट्रिय बालसहभागिता सम्मान २०८१ नेपालको बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधान लाई प्रदान गरेको छ ।

सोमबार काठमाडौंमा बालिका सहभागिता र सशक्तिकरणका लागि नागरिक संवाद कार्यक्रमका बिच प्रधानलाई राष्ट्रीय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।

चार दशक लामो बालअधिकार आान्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भुमिकामा रहि बालअधिकार आान्दोलनलाई उचाईमा राख्नुभएको कारण राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रदान गरिएको  कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बताउनु भयो ।

प्रधानकै नेतृत्वमा नेपालको पहिलो बालअधिकारमुखी संस्था सिविन–नेपालको गठन भएको थियो । नेपालको सम्बिधान (२०७२) मा बालसहभागितालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्न समेत प्रधानले महत्वपुर्ण भूमिका खेल्नु भएको थियो ।

नेपालको बालअधिकार आन्दोलनमा बालअधिकार सबैको सरोकार, बालबालिकाका लागि बालबालिकाका साथमा, बालबालिका शान्ति क्षेत्र हुन् र बालबालिका राष्ट्रिय गौरव हुन् जस्ता नवीन सोचहरू अगाडि सारेर बालअधिकार आन्दोलनलाई वैचारिक तथा व्यवहारिक बनाई राख्न प्रधानले निरन्तररुपमा महत्वपुर्ण भूमिका खेल्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *