अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

आशिष के.सी, तुलसीपुर/  २९ भदौ ।

निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार दाङ जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता (क्विज कन्टेस्ट) सम्पन्न भएको हो । तुलसीपुर स्थित ज्ञान ज्योति माविमा सम्पन्न कार्यक्रममा जिल्लाका २ दर्जन बढी विद्यालय सहभागी भएका थिए ।

कार्यक्रम २ चरणमा गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा नेपाली, गणित, अङ्ग्रेजी, विज्ञान, सामाजिक, खेलकुद र सामान्य ज्ञानको क्षेत्रबाट प्रश्नहरु सोधिएको थियो जुन लिखित रुपमा गराईएको थियो । पहिलो चरणको लिखित परिक्षाबाट उत्कृष्ट १० ओटा समुहलाई मात्र दोस्रो चरणमा समावेश गराइएको थियो । प्रत्येक टिममा २ जना छात्रछात्रा सहभागी हुने व्यवस्था गरिएको थियो । त्यस्तै दोस्रो चरणमा प्रश्नहरू खुल्ला तथा समसामयिक क्षेत्रबाट सोधिएको थियो ।

प्रतियोगितामा नवज्योति जनता बोर्डिङ स्कुल बबईले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै राप्ती बाल एकेडेमी तुलसीपुर द्वितीय, ज्ञानज्योती सेकेन्डरी स्कुल तुलसीपुर तृतीय भएका छन् । त्यस्तै देउखुरी पब्लिक एकेडेमी लमही सान्त्वना हुन सफल भएको छ । बिजेता विद्यार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र एवंम् नगदले सम्मान गरिएको हो ।

नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगीले बालबालिकाको चौतर्फी विकासका लागी यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । साथै उहाँले नेशनल प्याव्सन दाङले जिल्लामा विभिन्न अतितिक्त क्रियाकलापहरुमा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा शिक्षा महाशाखा तुलसीपुरका अधिकृत मन बहादुर खड्का, नेशनल प्याब्सनका लुम्बिनी प्रदेश सह-कोषाध्यक्ष नरेश आचार्य, नेसनल प्याब्सन दाङका सल्लाहकार सुरेन्द्र जिसि लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले बालबालिकाहरु भित्र रहेको प्रतिभा प्रस्फुटन एवं क्षमता प्रदर्शन कार्यमा नेशनल प्याब्सन दाङले महत्त्वपूर्ण भुमिका खेल्दै आएको भन्दै खुशी ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका सभापति एवं जिल्ला अध्यक्ष न्यौपानेले नेशनल प्याव्सन दाङले वार्षिक क्यालेन्डर अनुसार विभिन्न क्रियाकलापहरु गर्दै आएको बताउनुभयो । बालबालिकाको सर्वाङ्गिन विकासका लागी सबै प्रकारका कार्यक्रमहरुलाई जोड दिएको उहाँको भनाई थियो । साथै उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष ठाकुर प्रसाद डाँगीले राख्नुभएको थियो । औपचारिक कार्यक्रमको संचालण जिल्ला सचिव शालिकराम कार्कीले गर्नुभएको थियो भने हाजिरीजवाफ प्रतियोगिताको सहजीकरण पत्रकार आशिष केसीले गर्नुभएको थियो ।

“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ शनिबार देशभर ६० औं राष्ट्रिय बाल दिवस मनाईंदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *