अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

तुलसीपुर २८ भदौ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा तुलसीपुरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा समाजिक विकास शाखा र नगरस्तरिय बालसञ्जालको आयोजना गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौरमा सचेतनामूलक कार्यक्रम भएको हो । नगर बाल सञ्जालकी उपाध्यक्ष प्रशंसा केसीको अध्यक्षमा तथा तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिकि सदस्य लालमति भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी, भन्ने मुल नाराका साथ भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा समाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठले बालबालिकालाई  बालबिबाह, लागू औषध, साईबर अपराध, घरेलु हिंसा  जस्ता अपराधहरुको बारेमा सचेत गराउने उदेश्यले सचेतना मूलक कार्यक्रम गरेको गरेको बताउनुभयो । उहाँले बालबालिका भबिष्यको कर्णाधार, नेतृत्वकर्ता हुने भएकाले बालबालिकामा लगानी गरेमा शान्ति समृद्धि र सक्षम राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो । नेपालको  साक्षरता हेर्दा अहिले पनि बालकको संख्या बढि र बालिकाको संख्या कम रहेका छ  । अहिले पनि हरेक क्षेत्रमा शोषन भईरहेकाले त्यसलाई न्युनिकरण गर्न आफुहरु लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बालबालिकाहरुले सचेतनामुलक नाटक प्रस्तुत गरेका थिए । नाटकमा सानै उमेरमै बिहे गर्दा झेल्नुपरेको समस्यालाई प्रस्तुत गरिएको थियो । त्यस्तै महिला बालबालिका तथा सामाजिक विकास शाखाकि ललिता कडेंलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *