अपडेट
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको बिजनेस अचिवर्स कन्फ्रेन्स तुलसीपुरमा  गायत्री संस्कृत मा.वि. मा दशैँ आज असोज १७ गते बिहिबार को राशिफल हेर्नुहोस आफ्नै खर्चमा सडकका खाडल पुर्दै समाजसेवी उपेन्द्र आज असोज १६ गते बुधबार को राशिफल हेर्नुहोस चाडपर्व नजिकिए संगै घट्यो पेट्रोल, डिजेल र इन्धनको मूल्य कञ्चनपुरको बेलौरी लक्षित हिंसामा परेका महिला र बालबालिकाका लागि छलफल कार्यक्रम आज असोज १३ गते आइतबार को राशिफल हेर्नुहोस आज असोज १२ गते शनिबार को राशिफल हेर्नुहोस आरिघोप्टे बर्षातको कारणले हुनसक्ने सम्भाव्य जोखिम अवलोकनमा तुलसीपुरका जनप्रतिनिधी राप्ती गाउँपालिकाले बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने नेशनल प्याब्सन तुलसीपुर दाङले गरायो गणित दौड र पठन सिप प्रतियोगिता आज असोज ४ गते शुक्रबारको राशिफल हेर्नुहोस दाङ र काठमाडौंको सामुदायिक विद्यालय उत्कृष्ट आज असोज २ गते मङ्गलबार को राशिफल हेर्नुहोस राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रेस सेन्टरकाे राजपुरकाे अध्यक्षमा बुढा  कविता : बालबालिकालाई सन्देश – झरना के.सी नेशनल प्याब्सन दाङको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न तुलसीपुरमा बालदिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

आफुले बजेट हालिदिएको भन्दै लुम्बिनीका पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रम बिथोलिदिए

भदौ, २५ / तुलसीपुर 

तुलसीपुर उपमहानगरपालिका – ७ स्थित राप्ती शान्ति उद्यान भित्र निर्मित बोटिङ पुल उद्घाटन कार्यक्रम अन्तिममा आएर रोकिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित दाङको क्षेत्र नं. २ (२) बाट प्रतिनिधित्व गर्ने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौंपाने (गुन्टु) उद्घाटन कार्यक्रममा आउने कार्यक्रम तय गरिएको थियो तर अन्तिममा आएर उद्घाटन कार्यक्रम हुन सकेन ।

राप्ती शान्ति उद्यान सञ्चालक समितिका अध्यक्ष डिल्ली भण्डारीले पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका कारण कार्यक्रम हुन नसकेको दोषारोपन गरेका छन ।

नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व मुख्यमन्त्री चौधरीले आफु मुख्यमन्त्री छँदा बजेट दिएर निर्माण भएको पोखरी उद्घाटन गर्न अर्कै ब्यक्ति ल्याउने ? भन्दै असन्तुष्टि जनाएका कारण कार्यक्रम बिथोलिएको नेकपा एमालेका नेतासमेत रहेका अध्यक्ष भण्डारीले बताए ।

चौधरीका मानिसहरुले मुख्यमन्त्रीको सचिवालय लगाएत पर्यटन मन्त्रीलाई समेत आफ्नो निर्वाचन क्षेत्रमा आफैले दिएको रकमले निर्मित पोखरी उद्घाटनमा नआउन आग्रह गरेका कारण कार्यक्रम स्थगित भएको अध्यक्ष भण्डारीले बताएका छन ।

आफु मुख्यमन्त्री छँदा चौधरीले दुई किस्तामा गरि झन्डै ५० लाख रुपैंया पोखरी निर्माणका लागि बजेट उपलब्ध गराएका थिए ।

सोही बजेटबाट उद्यानको दक्षिण कुनोमा आकर्षक पोखरी निर्माण गरिएको छ । १७ मिटर चौडाइ र ९० मिटर लम्वाइको पोखरी निर्माण पुरा भएपछि हाल त्यहाँ डुँगा सञ्चालन भइ रहेका छन । तुलसीपुर उपमहानगरपालिकाले ३ लाख ५४ हजार मूल्य बराबरका दूई वटा डुङ्गा उपलब्ध गराएको छ । उद्घाटन गर्न मुख्यमन्त्री आचार्य आउने कार्यक्रम तय भइ अन्तिममा हुन नसकेको हो ।

उद्यान पदाधिकारीले मुख्यमन्त्री आचार्यको नामसहितको शिलालेख तयार पारी पोखरी छेउमा टाँसी सकेको भएपनि कार्यक्रम सफल हुन नसकेपछि त्यो निकालेर फालिएको अध्यक्ष भण्डारीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *