अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न

नेशनल प्याब्सन दाङको आयोजनामा जिल्ला स्तरीय गायन र नृत्य प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायन र नृत्य प्रतियोगिता भएको हो ।
नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बिशिस्ट अतिथीमा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाङी रहनुभएको थियो ।

उक्त प्रतियोगितामा दाङ जिल्लाका दुई दर्जन बढी विद्यालयको सहभागीता रहेको थियो । नृत्य तर्फ ज्ञानज्योती मा बी तुलसीपुरले प्रथम स्थान हासिल गरेको छ भने शिखा इङ्ग्लिश बोर्डिङ स्कुल तुलसीपुर दोस्रो स्थान र बाल सहारा इङ्ग्लिस बोर्डिङ स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएका छन । अमृत एकेडेमी तुलसीपुरले सान्त्वना स्थान प्राप्त गरेको छ ।
त्यस्तै गायन छात्र तर्फ राप्ती बाल एकेडेमी प्रथम , शिखा इङ्ग्लिश बोर्डिङ स्कुल दोस्रो र डिभाइन टेम्पल एकेडेमीले तेस्रो स्थान हासिल गरेका छन ।


गायन छात्रा तर्फ शिखा इङ्ग्लिश बोर्डिङ स्कुल प्रथम , पारिजात इङ्ग्लिश बोर्डिङ स्कुल दोस्रो , हाइलाइट इङ्ग्लिश बोर्डिङ स्कुल तेस्रो र अमृत एकेडेमीले सान्त्वना स्थानमा पर्न सफल भएका छन ।
प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीहरु र विद्यालयलाइ प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तिज पर्बलाइ धेरै खर्चिलो नबनाइ आफ्नो रितिरिवाज र संस्कारलाई बचाएर तिज मनाउने कार्य गरेकिमा नेसनल प्याब्सन दाङ्लाई धन्यवाद ब्यक्त गर्नुभयो। विद्यार्थीहरुको क्षमतालाई प्रस्तुत गर्ने स्थान दिदै तिज पर्बको महत्त्व र आपसी सद्भाव बढाएर नेशनल प्याबसन दाङले उत्कृष्ट काम गरेको नगर प्रमुख खड्काले बताउनुभयो ।

त्यस्तै बिशिस्ट अतिथी नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाङीले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रवद्र्धन गर्न प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । बिद्यालयहरु बिच भातृत्व जगाई संस्थागत विकास गराउन नेशनल प्याब्सन दाङले उत्कृष्ट काम गरेको उहाले बताउनुभयो ।

नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेले समाज र संस्कृती प्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतीको जगेर्ना होस् भनी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा सबै विद्यालयहरुको सहभागीता हुनेमा बिश्वास लिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

नेशनल प्याब्सन दाङका उपाध्यक्ष ठाकुर डाङ्गीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नेशनल प्याब्सन दाङका सचिब शालिकराम कार्कीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *