अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का 

भदौ १९ तुल्सीपुर

आज भदौ १९ गते तुल्सीपुरका मेयर टिकाराम खड्का काठमाडौँका मेयर बालेन शाहको शैलीमा फुटपाथ खाली गर्न एका बिहानै तुलसीपुर बजारमा उत्रिएका थिए। मेयर टिकाराम खड्का र उपमेयर स्यानी चौधरीको नेतृत्वमा ट्राफिक प्रहरी, नगर प्रहरी र जनपद प्रहरीको सहयोगमा फुटपाथ खाली गरिएको थियो ।

तुलसीपुरका विभिन्न मुख्य सडकहरुमा फुटपाथ मिचेर गरिएको व्यापारले दुर्घटना बढाएको तथा सडक असभ्य देखिएको भन्दै फुटपाथ खाली गरिएको मेयर टिकाराम खड्काले बताएका छन ।

आज भदौ १९ गते तिज पर्व लक्षित बजार अनुगमन तथा फुटपाथमा व्यापार गरिरहेका हरूलाई फुटपाथमा व्यापार नगर्न सूचना दिने उद्देश्य सहित बजारमा गएका जनप्रतिनिधि लगायत सुरक्षाकर्मीहरूको टोलीले आग्रह गर्दा अराजक शैलीमा प्रस्तुत हुने व्यापारी हरूको सामान समेत बरामद गरेको थियो ।

आगामी दिनमा पनि फुटपाथ मा व्यापार गरिएको पाइएमा बिना पूर्व सूचना उपमहानगरपालिका ले सामान बरामद गर्न सक्ने हुँदा फुटपाथका व्यापारीहरूलाई समयमै फुटपाथमा व्यापार नगर्न मेयर टिकाराम खड्काले अनुरोध समेत गरेका हुन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *