अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न

भदौ १७, दाङ । दाङ तुलसीपुर स्थित डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । आज कुशे औंशी अर्थात बुवाको मुख हेर्ने दिन र मोतिराम भट्टको जन्मजयन्तीका अवसरमा एक भब्य कार्यक्रमका बिच पिता सम्मान तथा गजल वाचन गरिएको हो ।

डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयको रजिस्ट्रार माधब अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधब अधिकारीले बुवाको मुख हेर्ने दिन हाम्रो संस्कार र परम्पराको एउटा अभिन्न अंग हो, जसले हामीलाई हाम्रा बुबाको सम्मान र कदर गर्न प्रेरित गर्ने बताउनुभयो । उहाले बुवाबाट आशीर्वाद लिने र आफ्नो जीवनमा उहाँहरूको योगदानको स्मरण गर्नुपर्ने कुरालाइ जोड दिदै डिभाइन टेम्पल एकेडेमीले विद्यार्थीहरुलाइ बुवाको महत्त्व बुझाउन कार्यक्रमको आयोजना गरि बुवाहरुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिनेमा बिश्वास व्यक्त गर्नुभयो ।

डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बुवाहरुलाई विशेष स्वागत एवं सम्मान गरि जीवनमा बुवाको योगदान झल्कने र एउटा सन्तानको लागी जीवनमा पिताको भुमिका अतुलनीय हुने भएकोले बालबालिकाहरुलाई पिता प्रतिको दायित्व बोध गराउनुका साथै संस्कार र संस्कृतीलाई पनि जोड दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा कपिलमणि लामिछाने र प्रतीक सक्रामीले पिताप्रति श्रद्धाभाव झल्कने गजलहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पिताप्रती श्रद्वाभाव झल्कने गीत, नृत्य, कविता, नाटक, लगायत विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत राखिएको थियो ।
बिद्यालयकी सस्कृत प्रशिक्षक माधवा शर्मा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक महेश लामिछानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *