अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम

भदौ, १५, तुलसीपुर

दाङको तुलसीपुरमा सन्चालित सयपत्री दोहोरी घरले मौलिक संस्कृतीमा रमाउदै आज शनिबार तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित जनश्रमिक प्रा.वि, गैरापातुमा एक कार्यक्रम गरी तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।

पछिल्लो समय तिज चाडमा निस्कने तिजलाइ नै बिर्सिएका तिज गीत र दर खाने नाममा गरिने तडकभडकले तीज चाडको महिमा नै गुम्ने अवस्थामा पुगेको समयमा सयपत्री दोहारी घरले यसरी मौलिक तरिकाले तिज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरी समाजमा उदाहरणीय काम गरेको छ । राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष उषा दसौदीको प्रमुख आतिथ्यता, साथै पत्रकार दिपक बोहराको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभाध्यक्षता बैशाखी बोहराले गर्नुभएको थियो ।

पछिल्लो समयमा तिज र खर खाने कार्यक्रमको नाममा गरिने तडकभडकलाइ छिचोल्दै मौलिक तरिकाले तिज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरि तिज पर्व र दर खाने परम्परागत संस्कृतीलाई जगेर्णा गरेको भन्दै अतिथि गण लगायत उपस्थित स्थानीयहरुले सयपत्री दोहोरी घरको चौतर्फी प्रशंसा गरेका भिए । कार्यक्रममा डि.जे साउन्ड सिस्टमलाइ निषेध गर्दै मौलिक लोकबाजाहरु जस्तै ः मादल, बाँसुरी, खैँजडी को प्रयोग गरिएको थियो भने दरको रुपमा खाइने खानालाइ पनि मासु, रक्सी जस्ता खानालाइ निषेध गर्दै अचार, तरकारी लगागत का खाना खुवाइएको थियो ।


उक्त तिज मिलन तथा दर खाने कार्यक्रममा सयपत्री दोहोरी घरले पछिल्लो समयमा फोक्सोमा पानी जमेर बिरामी भई हाल बिर अस्पतालमा उपचाररत कमला ओलीलाइ रु.७८१० रुपैँया सहयोग पनि गरेको थियो ।

रमेश जैशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भिम वली एस.बी ले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *