अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत 

भदौ, १५ / तुलसीपुर 

दाङको तुलसीपुरमा सन्चालित ग्रेट अरनिको माध्यमिक विद्यालय मा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक बिद्यार्थीहरूलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित कराही होटलमा कक्षा १२ का बिद्यार्थीहरूले एक कार्यक्रम आयोजना गरी कक्षा ११ का बिद्यार्थीहरूलाई स्वागत गरिएको हो ।

तुलसीपुर उपमहानगर पालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावतले बिद्यार्थीहरूको दिमागमा बसेको कक्षा १२ पास गरेर बिदेश जाने भन्ने मनोविज्ञान आफैमा गलत भएको कारण यस मनोविज्ञान लाई आजैदेखि हटाई देशमै केहि गर्ने सोँच पलाउन जरूरी रहेको बताउनुभयो । साथै यस बर्ष अघिल्लो बर्ष भन्दा परिक्षामा थप कडाई गरिने हुँदा बिद्यार्थीहरूलाई आफ्नो अध्ययनमा विशेष ध्यान दिन बताउनु भएको हो ।

उक्त स्वागत कार्यक्रममा यस शैक्षिक बर्षमा अध्ययन गर्न आउनुहुने ५५० जना बिद्यार्थीहरुलाइ स्वागत गरिएको थियो । राष्ट्रिय लोक दोहोरी गायक शक्ति चन्द लगायतका कलाकारहरूले कार्यक्रमलाई थप मनोरञ्जनमय बनाउनुभयो ।

बिद्यालयका प्रिन्सिपल विष्णुप्रसाद देवकोटा को सभाध्यक्षतामा सम्पन्न कार्यक्रम को सहजीकरण बिद्यालयका पूर्व शिक्षक नारायण प्रसाद भट्टराई ले गर्नु भएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *