भदौ १५ दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर वडा नं १९ को आयोजनामा भएको हो । तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा तथा वडा सदस्य तारा वलीको अध्यक्षतामा सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको विशिष्ट अतिथिमा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि उपमेयर चौधरीले आफ्नो दक्ष अनुसारको संस्कृति जोगाउने गरी तीज मनाउन आग्रह गर्नुभयो । तीज पर्वलाई देखासिकी तथा भड्किलो गरी मनाउनाले विकृति फैलिएको उहाँले बताउनु भयो । उक्त अवसरमा छोराछोरीलाई सफल बनाउन उचित शिक्षा दिनुपर्ने बताउनु भयो । बालवालिकालाई शिक्षा दिन सकियो भने सफल हुन्छ, त्यो सफलताले बुवाआमालाई सघाउने गर्दछ त्यसैले शिक्षा भन्दा ठूलो केही छैन उहाँले भन्नुभयो । कार्यक्रममा वडाकी सदस्य रेवती विकले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य रेवती वि.कको स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालक १९ का वडा सदस्य राम बहादुर पौडेलले गर्नु भएको थियो ।