भदौ १५ काठमाडौ । विभिन्न कार्यक्रमसहित भदौ १५ गते पुस्तकालय दिवस मनाउने गरिन्छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवम् आवश्यकताका बारेमा जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ सालको भदौ १५ गतेबाट पुस्तकालय दिवस मनाउन थालिएको हो । विधिवत् रूपमा यो दिवस मनाउन सुरु भएको १७ वर्ष पूरा भएको छ ।
व्यक्ति सुसूचित र जिम्मेवार नागरिक बनाइराख्न पुस्तकको ज्ञानको महत्व ठूलो हुन्छ। पुस्तकले कसैले बर्षैको अनुभव र भोगाईलाई पाठकलाई बुझ्न सिकाउछ । अरुको जिवन, प्रयोग र सृजनाबाट हामीलाई सिक्ने अवसर दिन्छ । पुस्तकालयको गौरवपूर्ण इतिहाससँगै हाल आएर समयले परिवर्तन पनि ल्याएको छ । सूचनाप्रविधिको क्षेत्रमा दैनन्दिन भइरहेका कल्पनातीत विकासले पुस्तक र पुस्तकालयको अस्तित्व हराउँदै जाने चर्चा चल्न थालिसकेको आजको समय-सन्दर्भमा पनि विभिन्न स्थानमा (शैक्षिक तथा सामुदायिक स्तरमा) पुस्तकालय स्थापना र सञ्चालन हुन जरुरी छ । साथै यस पुस्तक सङ्कलन एवं निर्माणको संयोजकत्व टेकेन्द्र उपाध्यायले गरिरहनुभएको छ।
युवाको क्षेत्रमा युवाहरुले नै सञ्चालन गरेको युवा नेतृत्वको गैरसरकारी, गैरनाफामूलक संस्था युवा अभियानले कर्णाली प्रदेशको मुगु जिल्ला, सोरु गाउँपालिकाको जनज्योति माध्यमिक विद्यालयमा पुस्ताकालय बनाउने उद्देश्यले बुक कलेक्सन क्याम्पेन सुरुवात गरेको छ।
असोजको दोस्रो हप्ता पुस्तकालय उद्घाटन गर्ने उद्देश्यले यो अभियानलाई निरन्तर रूपमा अगाडि सारिएको हो। साथै
तपाईँसँग भएका नयाँ, पुराना किताबहरू ( कथा, कविता, काव्य, मुक्तक र उपन्यास) सहयोग गरी ग्रामीण भेगका बालबालिका, युवा र समुदायमा सहयोग गर्न सक्नुहुनेछ।