सपना बोकेको मासुम मनमा,
अधिकार छन् मूलभूत कुरा ।
सपना फलाउने हक पाउँछ हरेक,
तपाईं र म, सबैको जिम्मेवारी ।
शिक्षा हो, उज्यालोको बाटो ,
सपना साकार बनाउने बल ।
सुरक्षित बचपन, स्वास्थ्यको ध्यान,
स्वाभिमान र खुशीको सन्देश हो ।
सपना गर्न पाउने हक सबैलाई,
अधिकारको श्रृंगार सजाउँछ ।
सपना पूरा गर्न योग्य बनाउँछ,
जीवनको यात्रा रमाइलो बनाउँछ ।
सपना र अधिकार, शक्ति र सम्भावना ,
संसारमा सुन्दर भविष्यको आधार ।
साँचो मानवता र समर्पणले,
बाल अधिकारलाई सम्मान गर्ने छ ।
यसरी, हाम्रा बालबालिकालाई,
सुरक्षित, शिक्षित र सशक्त बनाऔँ ।
आउनुस्, हामी सबै मिलेर,
तिनीहरूको सपना पूरा गरौँ ।
✍️: शुभम देवकोटा
तुलसीपुर उपमहानगरपालिका वडा नं १९ दाङ