अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम

भदौ ८ दाङ । दाङको तुलसीपुर स्थित डिभाइन टेम्पल एकेडेमीले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाइ स्वागत कार्यक्रम  गरेको छ । डिभाइन टेम्पल एकेडेमीमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुको आयोजनामा आज लमहीमा रहेको सिद्दार्थ होटेलमा एक भब्य कार्यक्रमको आयोजना गरि स्वागत गरिएको हो ।

डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री एवम लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस्तै बिशिस्ट अतिथीमा नेशनल प्याब्सन दाङका सल्लाहकार बिक्रान्त ज्ञवालि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजु खनालले विद्यार्थीहरुलाइ कक्षा १२ पास पछि बिदेश जाने लहरलाई रोकेर आफ्नै देशमा केही गर्न सुझाव दिनुभयो ।

हरेक क्षेत्रमा ब्यबस्थापनको महत्त्व रहेको र देश तथा बिदेश जुनसुकै ठाउमा गएपनी ब्यबस्थापन सम्बन्धि ज्ञान आबश्यक पर्ने उहाले बताउनुभयो । पछिल्लो समय संस्कार र प्रविधि सहितको शिक्षा संगै आफ्नो भाषा, धर्म, संस्कृति, आदिलाई जोड दिएर डिभाइन टेम्पलले विभिन्न गतिविधिहरु गरिरहेको देखेको र यस्ता खालका क्रियाकलापहरुलाइ निरन्तरता दिनेमा आफुले बिश्वास लिएको प्रमुख अतिथी खनालले बताउनुभयो ।

त्यस्तै डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक भोजराज न्यौपानेले कलेजमा आएका नबआगन्तुक विद्यार्थीहरुलाइ स्वागत गर्दै २ बर्षको अबधिमा डिभाइन टेम्पलमा रहुन्झेल विद्यार्थीहरुको सिकाइमा कुनै कुराको कमि हुन नदिने बताउनुभयो । विद्यार्थीहरुले फरकपन महसुस गरून र होटेल ब्यबस्थापन लगाएतका विद्यार्थीहरुलाइ अध्यन अबलोकन होस भन्ने उद्देश्यले तुलसीपुर बाट लमहिमा ल्याएर कार्यक्रम गरिएको उहाले बताउनुभयो ।

विद्यालयका कक्षा ११/१२ का संयोजक जिबन लामिछानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक महेश लामिछानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *