अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग

भदौ ५ / तुलसीपुर 

दाङको तुलसीपुरबाट सन्चालित सयपत्री दोहोरी घरले आफ्नो तेस्रो बार्षिकोत्सव एक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ कि वडा सदस्य तथा तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति सदस्य लालमती भण्डारीको प्रमुख आतिथ्यतामा बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो । यस्तै विशिष्ट अतिथिमा तुलसीपुर उपमहानगर पालिका कि कार्यपालिका सदस्य बसन्ता के.सी , बाध्यबाधक बच्चु कैलाश को आतिथ्यता थियो भने अतिथिहरूमा राष्ट्रिय संगीतकर्मी संघ सल्यान जिल्लाका अध्यक्ष चूडामणि पि.एम लगायत का अतिथिहरूको उपस्थिति रहेको थियो ।

 

समाजमा दुख अप्ठेरो परेका , सहयोगको अपेक्षा गरिरहेका व्यक्तिहरू लाई संस्थाले सहयोग गर्ने मुल उद्देश्य सहित आज भन्दा ३ बर्ष अघि तुलसीपुर बाट सन्चालित सयपत्री दोहोरी घर पछिल्लो समयमा पनि दिनदुखि हरूको साथमै रहेको सभाध्यक्ष दिपक वली ले बताउनुभयो । स्थापना कालको ३ बर्ष भित्र सयपत्री दोहोरी घरले बिभिन्न सहयोगी दाताहरूको सहकार्य एवम समन्वयमा करिब १ करोड बराबारको सहयोग गरेको अध्यक्ष दिपक वलीले बताउनुभयो । हालसम्म संस्थाले कोरोना कालमा कालिकोट, जुम्ला लगायत दाङमा राहात वितरण गरेको थियो यस्तै । शान्तिनगर ३ मा एकजना को आवास निर्माण , तुलसीपुर १६ मा दुवै मृगौला पिडित हरिमाया बि.क को आवास निर्माण, क्यान्सर पिडित लोक बहादुर बि.क लगायतलाई सहयोग गरिसेकेको छ । यस्तै जाजरकोटमा गएको भुकम्पको बेला पनि संस्थाले बिशेष पहल गर्दै लाखौँको सहयोग वितरण गरेको थियो ।

 

सयपत्री दोहोरी घरका अध्यक्ष दिपक वली को अध्यक्षता एवम् संस्थाका सदस्य रमेश जैसी को स्वागत मन्तव्य तथा राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्ला सदस्य मोती बि.क को स्वागत गीतबाट सुरू भएको कार्यक्रम को सहजीकरण संस्थाका सचिव भिम वली ( एस.बी ) ले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *