चन्द्रमा लडिरहेको छ, रात्री गहिरो छ ।
तिम्रो यादको बादल, अन्धकारमा घुमिरहेको छ।
रातको निस्तब्धतामा, तिमीलाई खोज्दै छु,
आकाशको तारे जस्तै, तिमीलाई मनमा सजाउँदै छु।
सपना र यथार्थ बीचको, पर्खाल छ उभिएको,
तिम्रो प्रेमको वियोगमा, मन कसमसिएको।
तिम्रा हाँसोका फूलहरू, अब रूखको छाँयामा छन्,
म तर माटोमा हराएको, यत्रा सोच्छु गहिरो गहिरो।
पानीको वहावमा , तिम्रो स्वर गुञ्जन्छ,
धुँवा र हवाको संग, तिमी सँगै बाँच्न सक्नेछु।
सपना मात्र हो, अब तिमीलाई नपाउँदा,
तिम्रो प्रेमको अधुरो कथा, रातको काजलमा वाँच्दैछु ।
शुभम देवकोटा
दाङ