अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

सहायता केन्द्र नेपालको दोस्रो साधारण सभा सम्पन्न

तुलसीपुर,‌ भाद्र १,

सहायता केन्द्र नेपालले दोस्रो साधारण सभा शनिवार सम्पन्न गरेको छ । साधारण सभामा सहायता केन्द्र नेपालको सचिव मुना वि.क ले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुबिसर वलीले बार्षिक आथिर्क प्रतिवेदन प्रस्तुत गरेको हुन । प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव मुना वि.क ले यस संस्थाबाट आगामि दिनमा मर्यादित महिनावारी तथा बालबालिका हकहितका बारे कार्यक्रमहरु गर्ने सभामा बताएकी हुन ।

सहायता केन्द्र नेपालको दोस्रो साधारण सभाको अवसरमा किशोर किशोरीको वर्तमान अवस्थाको चुनौती तथा समस्याको बिषयमा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य माननिय लोका कुमारी वि.क को प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा उनले किशोर किशोरीको वर्तमान अवस्थाको समस्या र चुनौतीहरु समाधान गर्नको लागि सरकारमा पहल गर्ने बताएकी हुन । उनले किशोर किशोरीहरुलाई सदैव आगाडी बढ्न र उज्ज्वल भविष्यको शुभकामना दिएकी हुन् ।

(बिशाल बिश्वकर्मा)

उक्त कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १८ का वडा अध्यक्ष माधव वली ,मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय बरिष्ठ उपसभापति शुसिल बस्नेत, मा वि दोघरे कि प्रध्यानाध्यापक सुनिता यादव र अतिथिका रुपमा अपाङ्ग समाज सुधार केन्द्रका संस्थापक अध्यक्ष हुमकान्त कंडेल, तुलसी समाज केन्द्रका अध्यक्ष गणेश भण्डारी, स्वतन्त्र युवा कलवका अध्यक्ष सन्दिप लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको प्रवक्ता माधव वलीले कार्यक्रममा उपस्थित किशोर किशोरीको वर्तमान अवस्थाको समस्या र चुनौतीहरु समाधान गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको तत्पर रहेको बताएको हुन ।

 

उक्त कार्यक्रममा सहायता केन्द्र नेपाल संस्था द्वारा संचालित प्रादेशिक अस्पताल तुलसीपुरमा सोधपुछ कक्ष्यमा ‌निशुल्क स्वयंमस्विका गरी रहेकाहरुलाई सम्मानित गरिएको हो ।

सहायता केन्द्र नेपालका सहसचिव अविषेक दाहालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज वि.कले समापन गरेका हुन ।

(बिशाल बिश्वकर्मा)

साधारण सभाको अवसरमा राखिएको किशोर किशोरीको वर्तमान अवस्थाको समस्या र चुनौतीहरु बारे कार्यक्रमको सहजीकरण सहायता केन्द्र नेपालको सचिव मुना वि.क ले गरेकी‌ हुन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *