अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न

तुलसीपुर/ साउन ३२

अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। आज साउन ३२ शुक्रबार तुलसिपुर स्थित B.S.S पार्टी प्यालेसमा अखिल(क्रान्तिकारी) तुलसिपुरका नगर संयोजक बोधराज विष्वकर्माको सभाध्यक्षतामा भएको सम्मेलन कार्यक्रमले हिमाल वलीको अध्यक्षतामा २९ सदस्यिय नगर समिति गठन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि एवम संगठनका केन्द्रिय उपमहासचिव सूर्य प्रकाश घर्तीले नव निर्वाचित नगर समितिका सम्पूर्ण सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। त्यस्तै उनले नेपाल कम्युनिस्ट पार्टीका मेरुदण्डको रुपमा स्थापित अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन अन्तर्गत नव गठित तुलसीपुर नगर समितिले अब शैक्षिक क्षेत्रमा भएका विकृत, विसंगति र व्यापारीकरण अन्त्य गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापित गराउने कार्यमा महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने बताए। साथै कार्यक्रमका विशिष्ट अतिथि शेशुराम भण्डारीले आम नेपाली विद्यार्थीहरुका साझा ढुकढुकी अखिल (क्रान्तिकारी) को कलम र तारा अङ्कित झण्डामुनि आबद्ध नव निर्वाचित नगर समितिले जस्तोसुकै परिस्थितिमा पनि आम विद्यार्थीहरुप्रती वफादार भई लक्षित कार्यक्षेत्रमा अघि बढ्न प्रेरित गर्नुका साथै बधाई तथा शुभकामना दिएका छन्। सम्मेलनबाट नव गठित तुलसीपुर नगर समितिका सम्पूर्ण सदस्यहरूलाई अखिल (क्रान्तिकारी) केन्द्रीय उपमहासचिव सूर्य प्रकाश घर्तीले सपथ ग्रहण गराएका थिए।

सम्मेलन ले अध्यक्ष मा हिमाल वली, उपाध्यक्षमा सागर डी सी, उपाध्यक्ष बिन्दु खड्का, सचिब- शिक्षा विश्वकर्मा , सह सचिब – झरणा नेपाली, सह-सचिब- रमेश जैसी र कोषाध्यक्षमा रमा चौधरी सहितको २९ सदस्यिय कमिटी गठन गरेको हो ।

संगठनका केन्द्रीय उपमहासचिव सूर्य प्रकाश घर्तीको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य शेशुराम भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य हिरालाल वली ( जनार्दन )ले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *